ललितपुर, २१ बैशाख । युवती जिस्काएको निहुँमा युवाहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा युवाहरूबीच झगडा भएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । युवाहरूबीच ग्याङ फाइट भएको थियो ।
१२–१४ जना युवाहरूको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्