ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई मिनेन्द्र रिजालको प्रश्न : ३३ किलो सुन कहाँ गयो सरकार ?


admin
२२ बैशाख २०७६, आइतबार   १ : ०९   बजे

काठमाडौं,२२ बैशाख । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पुर्वाधार तथा रोजगारीको सन्र्दभमा सरकारले आधारविहिन सपना बाँड्ने काम गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उहाँले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिनुभयो ।

सगरमाथा संवाद गर्ने सरकारलाई उहाँले दलहरुसंगको संवादलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । सिंचाई र तटबन्धको ठुला -ठुला कुरा गरेर मात्रै कृषिमा आत्मनिर्भर हुन नसकिने भन्दै उहाँले योजनाबद्ध आधारशिला तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा ,लोकतन्त्रलाई बलियो बनाउने नभई आधारभुत संरचनालाई कमजोर बनाउने र नीतिगत प्रष्टता नराखी लामो फेयरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गर्नुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिड्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले भाषागत र शैलीको कुरा मात्रै नभई प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “गणतन्त्रलाई यो सरकारले जोगाउँछ कि जोगाउदैन भनेर सांच्चै आंशका पैदा भएको छ । यो सरकार नेपालको सरकार हो । नेपालको संविधानले नेपालको कार्यकारीणी अधिकार नेपाल सरकारको नाममा प्रयोग हुने भनेर लेखेको छ । कसैको मेरो सरकारको नाममा होइन । जनतालाई आश्वस्त गर्नुहोस् । जनता विश्वास गर्दैन । ”

उहाँले सरकारले संघीयताको पक्षमा एउटा पनि ठोस प्रतिवद्धता जाहेर नगरेको टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रप्रति नै सरकार इमान्दार नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “संघीयतालाई कमजोर बनाउदा देश कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ । यो गल्ति नगरोस् ।”
नीति तथा कार्यक्रममा उल्लेख गरिएको शब्द र भाषा प्रति पनि उहाँले आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो “लोकतन्त्रको शब्द संग सरकारलाई घृणा हो कि के हो ? हरेक स्थानमा लोकतन्त्रको शब्द हटाएर कि त नया विशेषण दिन्छ ।

कि त शब्द हटाएर अर्को लेखिन्छ । समाजवादको नया परिभाषा गर्ने अधिकार नीति कार्यक्रमलाई छैन । सरकारलाई छैन । सरकार होस् पुर्याओस । संविधानको संरचनालाई भाँच्ने, भत्काउने कमजोर बनाउने काममा हामी मुक दर्शक भएर बस्दैनौ । ”

सुन तस्करी र वित्तिय अपराध कानुनी दायरामा ल्याउने भनिएको भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो “३३ किलो सुन कहाँ गयो सरकार ? कानुनी दायरामा आएको हो भने नेपाली जनताले थाहा पाओस् । ” महिलामाथि हिंसा हुन दिईने छैन भन्ने सरकारले अझै पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उहाँले व्यवहारमा देखाउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो “अब महिला हिंसा हुन दिने छैन भन्ने मेरो सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउछ कि अहिले पनि भाग्ने बाटोमा हिड्छ ? जिम्मेवारी होइन सरकारको ? ”२३ जना सांसदले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संयुक्त संसोधनकर्ताको तर्फबाट कांग्रेसका सांसद रिजाले आफ्नो धारणा राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group