ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माडर सीमाक्षेत्रबाट १० लाखको हरियो मटर बरामद


एबीसी न्यूज
२४ बैशाख २०७६, मंगलबार   १० : ५७   बजे

लहान, २४ बैशाख । सिरहाको माडर सीमाक्षेत्रबाट तेस्रो मुलुकबाट आयात चार सय ४७ बोरा हरियो मटर प्रहरीले बरामद गरिएको छ ।

सीमाक्षेत्रमा घर भाडा लिएर आठ महिनादेखि भारतीय नागरिक र नेपालका केही तस्कर मिलेर नेपालबाट भारत मटर पुर्याउँने गर्दै आएका छन् । । भारत पुर्याउँन तयारीमा रहेको अवस्थामा नेपाल प्रहरीको डिआईजी हरिबहादुर पालका टोलीले हरियो मटर बरामद गरिएको हो ।

बरामद गरिएको मटर माडर भन्सारमा बुझाएको छ भने दूई मध्ये एक गोदाम खालि गरिसकेको छ । अर्का एक गोदाममा ४ सय ४७ बोरा मात्रै मटर भारत लैजाने तयारीमा रहँदा प्रहरीले नियन्त्रणमा लिएको छ । भाडा लिएको घरदेखि २ सय मिटर दुरीमा नेपाल भारतको सीमा रहेको छ । त्यस सिमामा सशस्त्र प्रहरीको मात्र ड्युटी रहेको छ ।

स्थानीयहरु भन्छन् — तस्करहरुलाई संरक्षणको रुपमा सशस्त्र प्रहरीले नै आफ्नै अगाडिबाट मटर निकासी गराउँने काम भइरहेको छ । प्रहरीकै मिलोमतोमा राती १२ देखि ३ बजेसम्म सो मटर पिकअप गाडीले भारत निकासी हुने गरेको स्थानीयहरु बताउँछन् । बरामद गरिएको मटरको मूल्य करिब १० लाख रहेको छ भने एक क्वाँटलमा १८ सय नेपाली रुपैयाँ मुनाफा हुने गरेको छ भने बरामद गरिएको मटरमा करिब ४ लाख मुनाफा हुने रहेको छ ।

उक्त बरामद गरिएको मटर साक्षी इन्टरप्राइजेज लहान ८ को नाममा ८६ हजार १ सय र साक्षीकै नाममा २ लाख ४६ हजारको बैशाख २२ गतेको एउटै मितिमा दूई पटक वील काटिएको छ । यस्तै रुँगटा प्रोसेसिँग इण्डट्रीज निपनीमाल ८ (परवानीपुर वारा) नाममा ३ लाख ९५ हजार २ सय ५० रुपैयाँको वील बैशाख २१ गतेको मितिमा काटिएको छ । उक्त खरिद गरिएको बील सुमन ट्रेड सेन्टर माडर सिरहा १६ को नाममा बील काटिएको हो ।

खरिद गरिएको मटर खुद्रा विक्री मात्र गर्न पाउँने प्रावधान रहेको छ । तर, तेस्रो मुलुकको मालसमान नेपालबाट प्रहरीकै मिलोमतोमा सहज रुपमा तस्करी हुँदै आएको छ । डिआईजी पालका टोलीले सिरहा १६ माडरको नाममा खरिद बील रहेकोमा सिरहा १७ माडरबाट अवैद्य रुपमा रहेको मटर बरामद गरिएको छ । जहाँ वाणिज्य दर्ता प्रमाणपत्रमा सुमन ट्रेड सेन्टरको कारोबार तीन लाखसम्म मात्र उल्लेख छ । डिआईजी पालको टोलीले पहिलो चोटी यत्ती धेरै परिमाणको मटर बरामद गरिएको छ । यसैबीच बरामद गरिरहेको अवस्थाको पत्रकारहरुले फोटो लिन खोज्दा नेपाल प्रहरीका असय रामबाबु यादवले रोक लगाएका थिए । असय यादवले ‘म कस्ता कस्ता पत्रकारलाई देखिसके तिमीहरुलाई ठीक हुँदैन ।’ ‘फोटो खिच्न पाइदैन भन्दैछु ।’ त्यसपछि पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलसँग सम्पर्क गर्दा ‘प्रहरीले नियन्त्रणमा लिएको समानमा कहाँ पत्रकारको फोटोसोटो खिच्ने अधिकार छ ।’ ‘म भरै फोटोसोटो लिएर पठाईदेउला ।’ भन्दै डिएसपी खरेल पन्छिएका थिए ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितले भने ‘मेरो मान्छे छैन त्यहाँ , म एसपी साहेवसँग कुरा गर्छु ।’ ‘त्यसपछि केही होला ।’ पत्रकारहरुले सिरहाका प्रहरी प्रशासनबाट निराशा पाएपछि डिआईजी पालसँग सम्पर्क गर्दा मात्रै फोटो खिच्न पाएका छन् । सिरहामा केही पत्रकारहरुले मिशन बोर्डर शुरु गरेकोमा हालसम्म सिमा अतिक्रमण, तस्करी तथा लुटपाटको घटना निरन्तर लेख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu