ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीबाट भियतनामी उद्यमीलाई नेपालको सम्भावनाको उपयोग गर्न आह्वान


एबीसी न्यूज
२७ बैशाख २०७६, शुक्रबार   ७ : ३९   बजे


काठमाडौं,२७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेपाल आफ्नो स्रोत, क्षमता र सम्भावनाबारे विश्वस्त भएको र नेपाली जनता घरेलु प्रयास तथा अन्तर्राष्ट्रिय सहयोगमा यसलाई समृद्ध बनाउन दृढ भएको बताउनुभएको छ ।

भियताम – नेपाल व्यवसाय मञ्चलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई बलियो बनाएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनामबीच अहस्तक्षेप तथा आपसी सम्मानका सिद्धान्तका आधारमा सम्बन्ध गाँसिएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध बलियो भएको र आर्थिक सम्बन्ध सबलीकरण गर्ने ठूलो सम्भावना भएको बताउनुभयो ।

उहाँले भियतनामको व्यापारिक समुदाय उत्कृष्ट रहेको र उनीहरुको ऊर्जाले नेपाललाई अभिप्रेरणा दिएको पनि उल्लेख गर्नुभयो । ‘‘भियतनाममा डोइ–मोइ सुधार आरम्भ भएपछि ठूलो आर्थिक सुधार भएको छ । युद्धप्रभावित कृषि अर्थतन्त्रबाट व्यावसायिक मध्यमआययुक्त मुलुक बन्ने भियतनामको सङ्क्रमणले हामीलाई वास्तवमै अभिप्रेरित गरिरहेको छ । यो उदाउँदो अर्थतन्त्रमा चम्किलो ताराका रुपमा देखिएको छ ।

भियतनामको आर्थिक वृद्धि समावेशी हुनाका साथै दिगो विकास प्राप्त गर्न नमूनाका रुपमा रहेको छ । यी कुरा भियतनाम सरकार तथा व्यापारिक क्षेत्रको नेतृत्व तथा त्यहाँका जनताका कठिन मेहनतबाट सम्भव भएको हो’’, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपालले अतिकम विकसित मुलुकबाट सकेसम्म छिटो अगाडि बढी मध्यमआययुक्त मुलुक बन्ने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गर्ने दृष्टिकोण राखेको बताउनुभयो ।

“ ‘दृष्टिकोण सन् २१००’ नामले नेपाल सरकारले विकासको अवधारणा तयार गरिहेको छ । यो सपना प्राप्त गर्न आधारभूत संरचना, मानव संसाधन तथा वित्तीय क्षेत्रमा ठूलो लगानी आवश्यक पर्छ । हामीले हालै सफलतापूर्वक लगानी सम्मेलन गरेका छौँ । सम्मेलनमा भियतनामसहित ४० मुलुकको सहभागिता थियो । सम्मेलनमा लगानीकर्ताले १८ ठूला परियोजनामा बचनबद्धता प्रकट गरेका छन् । लगानीकर्ताका लागि नेपाल उर्वर भूमि हो ।

यहाँ जहाँ पनि सुनिश्चत दरको नाफामा लगानी गर्ने पूर्ण सम्भावना छ’’, प्रधानमन्त्री ओलीले भन्नुभयो । नेपालमा प्रचूर प्राकृतिक स्रोत र पर्याप्त श्रमशक्ति रहेको बताउँदै उहाँले नेपालमा लगानीले विश्वका दुई ठूलो बजार भारत तथा चीनको ढोका खोलिदिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा जलविद्युत्, कृषि, खानी, औषधि तथा जडिबुटी, आतिथ्य तथा वित्तीय क्षेत्रजस्ता बहुक्षेत्रमा लगानीको सम्भावना छ । अतिकम विकसित मुलुकका रुपमा हामीसँग केही अन्तरराष्ट्रिय बजारमा सौविध्यप्राप्त पहुँच छ । श्रम लागत न्यून र प्रतिस्पर्धात्मक छ ।

मुलुकसँग ५७ प्रतिशत काम गर्ने उमेरको जनसङ््ख्या छ । हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । अङ्ग्रेजी भाषा बोल्ने र डिजिटल रुपमा आबद्ध युवा हाम्रा महत्वपूर्ण सम्पत्ति हुन् ।सूचना कम्प्युटर तथा प्रविधिको क्षेत्र अर्को फाइदाजनक लगानीको क्षेत्र बनेको छ’’, उहाँले थप्नुभयो । प्रधानमन्त्री ओलीले व्यापार तथा लगानी प्रवद्र्धनका लागि नेपाल भियतनाम संरचना सम्झौताको समझदारीपत्रमा हस्ताक्षरले दुई मुलुकबीच आर्थिक सहयोगलाई अगाडि बढाउने र यसले दुई मुलुकबीच व्यापारिक समुदायमा क्रियाकलाप बढाउने बताउँदै भियतनामका लगानीकर्ता, उद्यमी तथा व्यापारीलाई नेपालमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group