ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई विश्वमा चिनाउन बुद्धको योगदान : खिलराज रेग्मी


admin
४ जेष्ठ २०७६, शनिबार   ३ : १४   बजे

काठमाडौं,४ जेठ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भगवान् गौतमबुद्धले शान्तिको सन्देशमार्फत् नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको बताउनुभएको छ ।

गौतमबुद्धको २५६३औँ जन्मजयन्तीका अवसरमा बौद्ध धर्म संस्कृति संरक्षण सङ्घले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेक्रमा आयोजना गरेको स्रष्टा सम्मान कार्यत्रममा उहाँले बुद्धत्व स्वयंमा प्रकाशमान भएकाले कहिल्यै ननिभ्ने विचार राख्नुभयो ।

“बुद्धका धेरै अष्टमार्गमध्ये सम्यक् दृष्टि, सम्यक् विचार र सम्यक् कर्मको मात्र पालना गरेपनि मानवजीवन सुखी र खुशीमय हुनेछ, भावना शुद्ध भयो भने मानिसले गलत गर्दैन”, उहाँले भन्नुभयो । वैदिक परम्परा र बौद्धमार्ग दुवै समतावादी भएकाले मानव मात्रको कल्याणका लागि काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इतिहासविद् दीनेशराज पन्तले बौद्ध धर्म ग्रन्थ कालचक्र विसं १०८२ मा ज्योतिष, ब्याकरण र तन्त्रलगायत विषय पनि समावेश भएको बताउनुभयो । बौद्ध धर्मावलम्बीलाई चाहिने सबै विषय कालचक्रमा रहेको उहाँले सुनाउनुभयो ।

कालचक्रका आधारमा बुद्ध १८८ वर्ष पुराना हुनुभएको इतिहासविद् पन्तको भनाइ थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले धर्म संस्कृतिको संरक्षणका लागि नगरपालिकाले बजेट छुट्याएर नै गुम्बा, मठमन्दिरको जीर्णोद्धार एवं नवनिर्माण गरिरहेको बताउनुभयो ।

सो अवसरमा इतिहासविद् पन्त, ३ नं प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, नगरपालिकाका प्रमुख सल्लाहकार रिसाल, ज्योतिषि ओजराज लोहनी, लेखक एवं समाजसेवी शङ्कर पौडेल, संस्कृतिविद् हरिप्रसाद सोडारी, सङ्गीतकार मदन सिंह, पत्रकार जगत लामा दोङ, खेलाडी चन्द्रमान लामा, मानव अधिकारवादी कुमार घिमिरे, नृत्यकार फ्रेमलाल श्रेष्ठ, गायिका वसन्ती लामा तामाङ र शिक्षासेवी राजु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यत्तित्व पौडेल र लोहनी, साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ र आयोजक समितिका अध्यक्ष अमित तामाङ लामा लगायतले भगवान् बुद्धले विश्व शान्तिका लागि पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group