ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैर आवासीय नेपालीको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना


admin
३० आश्विन २०७४, सोमबार   २ : २०   बजे

नवलपरासी, ३० असोज । गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि पहल थालिएको छ ।

लिभर फाउण्डेसन नेपालको अगुवाइ र विश्वभर रहेका फाउण्डेसनको शाखामार्फत आर्थिक सहयोग जुटाइ नेपालमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न लागिएको हो ।

मिर्गाैलाको समस्याका कारण कुनै पनि नेपालीले समयमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त केन्द्र स्थापनाका काम अघि बढाइएको फाउण्डेसनका अध्यक्ष उमेशजंग रायमाझीले जानकारी दिनुभयो ।

सहयोगका लागि विश्वभर रहेका गैर आवसीय नेपाली सहयोगका लागि तयार भएकाले सम्बन्धित देशका आफ्नो शाखामार्फत सहयोग संकलन गर्ने योजना फाउण्डेसनको छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि अमेरिकामा रहेका नेपालीबाट सहयोगको अभियान थालनी गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले जानकारी दिनुभयो ।

मिर्गाैलाको समस्याबाट पीडित पmाउण्डेसनका अध्यक्ष रायमाझीको भारतमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको र स्वास्थ्यमा सुधार आएपछि उहाँ यो सामाजिक अभियानमा लाग्नुभएको हो ।
नेपालमा मिर्गाैलाको सबै प्रकारको उपचार गर्ने सुविधा सम्पन्न अस्पतालसहितको मिर्गाैला प्रत्यारोपण केन्द्र नभएकाले अध्यक्ष रायमाझीले अब कुनै पनि नेपालीमा देखिने मिर्गाैला रोग सम्बन्धी समस्या समाधानका लागि सो कार्यको थालनी गरिएको जानकारी दिनुभयो ।

मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि केही गैर आवासीय नेपालीले रु ६ लाख भन्दा बढी रकम सहयोग गरिसकेका छन् । अमेरिका निवासी एनआरएन अध्यक्ष पौडेलबाट रू एक लाख, डा राजेश पोखरेलबाट रू एक लाख, विश्व आर्दश पण्डितद्वारा ५० हजार, कृष्ण लामिछानेबाट रू ५० हजार, धर्म भट्टराईबाट रू ५० हजार, कृष्ण लामिछानेबाट रू ५० हजार, विष्णु शाहाबाट रू ५० हजार, बुद्धिसागर सुवेदीबाट रू ५० हजार, पोर्चुगल निवासी कृष्ण दमालबाट रू ५० हजार, जापान निवासी कपिलदेव थापाबाट रू एक लाख र बेल्जियम निवासी सीता सापकोटाबाट रू ५० हजार उपलब्ध भएको थियो

सो अभियानका मुख्य अभियान्ता बस्नेतसहित अन्य अभियान्ता नेपाली काँग्रेसका नेताद्वय धनराज गुरुङ, प्रदीप पौडेल र एनआरएन अमेरिका अध्यक्ष पौडेल लगायतले नेपालमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना हुनुमा राष्ट्रकै गौरव भएकाले सबैले मिलेर केन्द्र छिट्टै स्थापना गर्नुपर्नेमा जोड दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu