ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा गफाडीको पार्टी होईन, बिचार र मन्थनमा पोख्त हुंदैमा पार्टी सफल हुंदैन : मुख्यमन्त्री शंकर पोखरेल


sharan sharan
१३ जेष्ठ २०७६, सोमबार   २ : ४२   बजे

बुटवल, १३ जेठ ।
पार्टी एकिकरण भएको १ वर्ष पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा रुपन्देहीका कार्यकर्ताहरुले जिल्ला कमिटी सदस्यको हैसियतमा सपथ खाएकाछन् । रुपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा नेकपाका महासचिव बिष्णु पौडेलले उनीहरुलाई सपथ खुवाउनुभएको हो ।
सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बिष्णु पौडेलले सांगठानीक सहित भावनात्मक एकतालाई बलियो बनाउनका लागि एकता प्रक्रियामा ढिलाई भएको बताउनु भयो ।
उहांले नेपाली कम्युनिष्ट आन्दोलनलाई नपढी अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई बुझ्न नसकिने बताउंदै बिश्व साम्राज्यबादले नेपालमा कम्युनिष्ट सिध्याउने खेल खेल्दा पनि नेपालमा कम्युनिष्ट जनमत बढ्दै गएको बताउनु भयो ।
कम्युनिष्ट पार्टीलाई बलियो बनाउन हरेक कार्यकर्ता बिचार, क्रियाशिलता र इमान्दारीताकसाथ अगाडी बढनुपर्ने उहांको बिचार थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रदेश नम्बर ५ का ईन्चार्ज तथा ५ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जनताले निर्वाचित सरकारहरुलाई सफल बनाउन सकेमात्र नेपालमा कम्युनिष्ट पार्टीको भबिश्य रहेको बताउनु भयो । पार्टी बलियो बनाउने मुल आधार भावनात्मक एकता भएको भन्दै पोखरेलले गुट झुण्डभन्दा माथि उठेर पार्टी बलियो बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । सरकारको सफलतामा मौन बस्ने सिद्धान्तका मात्र कुरा गर्दा पार्टी गफाडीहरुको पार्टी जस्तो हुने समेत उहांले औंल्याउनु भयो ।
पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी निर्माणमा जति बढी गुटका बिषयमा छलफल भयो त्यति पार्टी बलियो बन्ने दाबी गर्दै गुट लुकाएर होईन लोकतान्त्रीक बिधीबाट अन्त्य गर्नुपर्ने बताउनु भयो ।
रुपन्देही जिल्ला कमिटीका अध्यक्ष शिवराज सुबेदीको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा प्रदेश कमिटी सचिव जग प्रसाद शर्मा, स्थायी कमिटी सदस्य छबिलाल बिश्वकर्मा लगायतका वक्ताहरुले पार्टीलाई बलियो बनाउन भावनात्मकरुपमा कार्यकर्ताहरु एक हुनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group