ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्प्रिट आयातमा चलखेल, यि हुन चलखेल गर्ने ठूला व्यापारी


एबीसी न्यूज
१३ जेष्ठ २०७६, सोमबार   ५ : ३६   बजे

काठमाडौं, १३ जेठ। केही निहित स्वार्थ समुहको कारण मदिराको लागि आवश्यक कच्चा पदार्थ स्प्रिट आयातमा रोक लगाउन लागिएको भन्दै नेपाल मदिरा उत्पादक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
चामल, कनिका, मकै जस्ता खाद्य उत्पादनलाई कुहाएर स्प्रिट उत्पादन हुने भन्दै नेपालमा अझै पनि ठुलो मात्रमा खाद्यन्न आयात गर्नुपर्ने अवस्थामा स्प्रिट आयातमा रोक लगाएर व्यापार घाटालाई प्रशय दिने काम हुन थालेको संघले जनाएको छ । यसैगरी संघले कुनै वस्तुको आयात रोक्ने नाममा जावलाखेल डिष्टिलरी गु्रप, प्रिमियर आर्गानिक (शारदा गु्रप, विशाल गु्रप जस्ता स्वार्थनिहित कम्पनीका कारण दिर्घकालीन रुपमै देशलाई आर्थिक भार थप्ने काम भइरहेकोप्रति संघले आपत्ति जनाएको छ ।


सघंले नेपाल खाद्यन्नमा आत्मनिर्भर नभएको र आयात निरन्तर बढिरहको अवस्थामा मदिरा उत्पादनको लागि आवश्यक कच्चा पदार्थ स्प्रिटलाई रोक लगाउनुले खाद्य संकट निम्ताउन सीमित उद्योगहरु लागि परेको आरोप लगाएको छ । नेपालमा उत्पादन हुने विभिन्न मदिराजन्य वस्तुको लागि कच्चा पदार्थको रुपमा आवश्यक पर्ने स्प्रिट भारत तथा अन्य मुलुकबाट ल्याउने गरिएको छ । नेपालमा स्प्रिट बन्ने भएपनि गुणस्तरमा कमी, एकैनाशको उत्पादन नहुने भएकाले स्वेदशी स्प्रिटले विदेशी उच्च ब्राण्डको मरिदास“ग प्रस्तिपर्धा गर्न नसक्ने हु“दा स्प्रिट आयात खुल्ला गर्न नेपाल मदिरा उत्पादक संघले माग गरेको छ । नेपालमा उच्चस्तरीय उत्पादन चाहेजति उत्पादन गर्न नसक्ने, कार्टेलिङ गर्ने, मनोमानी व्यवसाय गर्ने केही समुहको निहित स्वार्थको कारण एकातर्फी कुरा सुनेर संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिले स्प्रिट आयातमा रोक गराउन गरेको निर्णयप्रति संघले असन्तुष्टि जनाएको हो ।


केही व्यापारीक घरानाले दिग्भ्रमित बनाएर निर्णय गर्दा ७० भन्दा बढि मदिरा उद्योगी समस्यामा परेको संघले जनाएको छ । अहिले नेपालमा कच्चा पर्दाथ स्प्रिट आयात गरी उत्पादन गरिएका नेपाली मदिराका ब्राण्डहरु बिश्वस्तरीय भएको हदा केही संस्थाको चलखेलमा आयातमा रोक लगाउन नहुने संघको माग छ ।


नेपालमा कुल राजस्व संकलनको ७५ प्रतिशत मरिदाबाट आउने गरेपनि कसैलाई व्यक्तिगत नाफा बढ्ने हु“दा स्प्रिट आयातमा प्रतिबन्धको निर्णय भएको महासंघको भनाइ छ । यसरी स्प्रिट आयातमा जवर्जस्ती रोक लगाउ“दा कराडौ लगानीमा सञ्चालित उद्योगहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनाको साथै घरेलु मदिरामा उपभोग गर्न आम उपभोक्ता बाध्य हुने अवस्था आउने र राज्यको राजस्व संकलनमा समेत प्रत्यक्ष प्रभाव गर्ने संघले बताएको छ । त्यसैले राज्यलाई दिर्घकालिन रुपमा ठुलो नोक्सानी हुने बिषय संम्बधित निकायसंग बिना छलफल चलखेलको आधारमा नीतिनियम बनाउन खोजिएकोमा संघले आपत्ति समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group