ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५२ करोड पुंजी भएको सहकारीमा २६ करोड अपचलन, नक्कली ऋण प्रबाह गर्ने सञ्चालकहरु कर्मचारीलाई दोष दिंएर आफुहरु चोखिंदै ।


sharan sharan
१५ जेष्ठ २०७६, बुधबार   १० : ५०   बजे

नेपालगन्ज, १५ जेठ ।
करोडौ रकम अपचलन भएर कारोबार बन्द गरेको नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले एक वर्षभित्र सबै बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय सहित मंगलबार देखि संस्थामा लागेको ताला खोलेर एक लाख रुपैयाँभन्दा थोरै बचतकर्ताको रकम फिर्ता सुरु गर्ने निर्णय गरेको छ ।
वित्तीय संस्थाका ४ कर्मचारीले झन्डै २६ करोड रुपैयाँ अपचलन गरेको भेटिएपछि सञ्चालकहरुले आइतबारदेखि १५ दिनका लागि संस्था बन्द गर्ने दिर्ण गरेको थियो। संस्थाका बचतकर्ताले लगातार दबाब सिर्जना गरेपछि सञ्चालकहरु संस्थाको काउण्टर खोल्न बाध्य भएका हुन् । कुल पूँजी ५२ करोड रुपैयाँ रहेको संस्थाको झन्डै ११ करोड रुपैयाँ ऋण लगानी छ। अधिकांस ऋण लगानी संचालक समितीको निर्णयबाट हुने गरेकाले खराब प्रकृतिका ऋणको जिम्मेवारी संचालक समितीले लिनुपर्ने बचतकर्ता शेयरधनीहरुले बताएकाछन् । प्रमुख प्रबन्धक गोपाल भण्डारीका अनुसार करोडौ पुंजि भएको संस्थाको खातामा ३०–४० लाख रुपैयाँ मात्र रहेको छ। ‘४ हजार बचतकर्तामध्ये प्रारम्भिक रूपमा ३ सयभन्दा बढीको बचत रकम संस्थाको ढुकुटीमा दाखिला नगरेरै अनियमितता भएको छ। यस्तो रकम झन्डै १५ करोड रहेको भण्डारी बताउंछन् । उनका अनुसार कृत्रिम ऋणी तयार गरेर रकम हिनामिना गरेको र ऋणीबाट ऋण असुल भइसक्दा पनि कर्जा नै देखाएर १०–११ करोड रुपैयाँ अपचलन भएको छ।
फरार भनिएका संस्थाका खजुरा शाखा प्रबन्धक सूर्यबहादुर बिकले ऋण असुल भइसक्दा पनि ऋण कायमै राखेर पैसा आपूmले चलाएको बताएका छन्। संस्थाका ऋण प्रबाह गर्दा संचालक समितीको निर्णय वा अध्यक्ष हरदेवबक्स चौधरीको प्रत्यक्ष निगरानीमा प्रबाह हुने गरेकाले नक्कली ऋणी तयारी गर्नेमा चौधरीको समेत संलग्नता रहेको अनुमान गरिएको छ । ंजिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका प्रबन्धक बिकले चाँडै रकम फिर्ता गर्ने बताएका थिए। संस्थाका अनुसार उनले ६२ लाख ८७ हजार ५३ रुपैयाँ अपचलन गरेका छन्।
अर्का अभियुक्त नेपालगन्ज शाखाका सहायक प्रबन्धक गंगाधर सुवेदीले २ करोड ८९ लाख ४७ हजार ९ सय १५ रुपैयाँ अपचलन गरेका छन्।
सबैभन्दा धेरै रकम अपचलन गर्ने नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरका अरुणकुमार पाठक फरार छन्। उनी संस्थाको मुख्य शाखा बैकिङ कार्यालय नेपालगन्जका बैकिङ प्रबन्धक हुन्। उनी एक्लैले २१ करोड ९४ लाख ३६ हजार १ सय २४ रुपैयाँ अपचलन गरेका छन्। ३८ लाख ७७ हजार ७ सय ७८ रुपैयाँ अपचलन गरेर राप्ती सोनारी–४ बैजापुर घर भइ संस्थाको बैजापुर शाखाका प्रबन्धक लीलाधर वली पनि फरार छन्।
संस्थाले १० जेठमा चारै जनालाई तीन दिनभित्र रकम दाखिला गर्न निर्देशन दिँदै सो अवधिमा रकम जम्मा नगरे कानुनी कारवाही गर्ने पत्र पठाएको छ। पत्रको बोधार्थ जिप्रका बाँकेलाई दिइएको छ।
प्रहरी र संस्थाका सञ्चालकबीच छलफल चलिरहँदा बचतकर्ता बिहान ७ बजेदेखि नै जिप्रकाको गेटमा पुगेका थिए। प्रहरीले उनीहरूलाई भित्र प्रवेश गर्न दिएको थिएन। गेटबाहिर उनीहरू आक्रोशित थिए। समूहमा धेरैजसो महिलाहरू सहभागी भएका थिए।
संस्थामा यस अघि पनि अनियमीतता र अपचलनको चर्चा चल्दै आएको छ । ५ वर्ष पहिले गैरकानुनीरुपमा संस्थाको नामबाट पेय पदार्थको ब्यवसाय गर्दै चौधरी सहित तत्कालिन संचालकहरुले लाखौं रकम हिनामिना गरेका थिए । सस्थालाई नाफामा नलगि खाजा खर्चका नाममा साधारणसभामा बांडिने मोटो रकमलाई नेपाल राष्ट्रबैंकले बेरुजु भन्दै आएको छ । पटक पटक सहकारी बिभाग र नेपाल राष्ट्रबैंकले कैफियत देखाई सच्याउन निर्देशन दिंदा समेत अध्यक्ष चौधरी सहितका संचालक समितीले अटेर गर्ने गरेकाले कर्मचारीहरुको मनोबल बढेको लगानीकर्ताहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group