ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्र प्राप्तिपछि पनि जनताले खोजेझै उपलब्धि हासिल हुन सकेको छैन– पूर्वमन्त्री कार्की


एबीसी न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार   २ : २०   बजे

काठमाडौं, २४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताउनुभएको छ ।

आज सूर्यविनायकमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल उपलब्धिको सम्भावना नै सम्भावना बोकेको देश भएकाले आशा गर्ने ठाउँ धेरै छ ।”

नेता कार्कीले शहीद जोन्छेको सपना साकार गर्न पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले शहीदको सपनालाई कुनै पनि पार्टीले बिर्सन नहुनेमा जोड दिनुभयो । काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले तत्कालीन माओवादीले जोन्छेलाई किन गोली हाने त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मेधा माविका कक्षा १० की शिक्षा दुवाललाई नगद रु १० हजार, कक्षा ९ की रेश्मा शिवभक्तिलाई रु नौ हजार तथा कक्षा ८ की सगुन श्रेष्ठ र आदर्श मावि कक्षा ८ की समिर चौधरीलाई जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरियो ।

त्यसैगरी नेपालको आर्थिक समृद्धिमा पर्यटन शीर्षकमा प्रतिष्ठानले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने माउण्ट भ्यू स्कूलका विद्यार्थी अङ्कित सङ्ग्रौलालाई रु १० हजार पुरस्कार शिल्ड र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगितामा दोस्रो हुने मेधा माविकी सुष्मा झालाई रु सात हजार, तेस्रो हुने एभरेष्ट स्कूलकी आर्या प्रसार्इंलाई रु पाँच हजार र सान्त्वना प्राप्त वाल्मीकेश्वर माविकी प्रतिभा तिमिल्सिना र आदर्श माविका एलिना खत्रीलाई जनही रु तीन हजार नगद पुरस्कारसहित पदक, शिल्ड र प्रमाणपत्र प्रदान गरियो ।

शहीद जोन्छेकी पत्नी एवं प्रदेश नं ३ का प्रदेश सदस्य तथा प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीपछि २१६ विदेशी पर्यटकको सेनाले हेलिकोप्टरमार्फत उद्धार गर्‍यो

आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu