ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह


एबीसी न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार   २ : २९   बजे

 

काठमाडौं, २४ जेठ । नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गर्नुभएको हो ।

हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते, अङ्गभङ्ग तथा भौतिक संरचनाको क्षति एवं जनजीवन प्रभावित भएको घटनाप्रति काँग्रेसले दुःख प्रकट गरेको छ । प्राकृतिक विपद्का कारण अकालमै निधन हुनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति काँग्रेसले समवेदना प्रकटसमेत गरेको छ ।

काँग्रेसले विपद्मा परी घाइते हुनु भएकालाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा ज्यान गुमाएका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

पार्टीले सञ्चालन गरेको ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’ जेठ २५ मा समापन गर्ने केन्द्रको परिपत्र भए पनि कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण हुन पुगेको मानवीय र भौतिक क्षतिको संवेदनशीलतालाई आत्मासात् गर्दै समापन कार्यक्रमभन्दा राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीपछि २१६ विदेशी पर्यटकको सेनाले हेलिकोप्टरमार्फत उद्धार गर्‍यो

आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu