अछाम, २६ जेठ । साँफेबगर नगरपालिका १२ खप्तडमा निर्माण भएको खप्तड लघुजल विद्युत् आयोजनाको सफल परिक्षण गरीएको छ । २०७० देखि निर्माण कार्य सुरु भएको विद्युतको परिक्षण गरीएको हो । उक्त विद्युत निर्माणमा बैकल्पिक उर्जाबाट १ करोड २७ लाख ५० हजार, गरीबी निवारण कोष २५ लाख, तत्कालिन निर्वाचन क्षेत्र विकास कोषबाट २०७० मा १५ लाख, तत्कालिन जिल्ला विकास समिती अछामबाट ५ लाख रुपैँया प्राप्त भएको निर्माण उपभोक्त समितीका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिनु भयो ।
यस्तै खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट ५ लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ को क बाट १५ लाख, शुदुर पश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख गरी २ करोड ३९ लाख ५७ हजारको लागतमा खप्तड जलविद्युत आयोजनाको निर्माण भएको अध्यक्ष कडायतले बताउनु भएको छ । हाल सम्म उक्त योजनामा २ करोड ४३ लाख ५ हजार ९ सय २ रुपैँया ४९ पैँसा रकम खर्च भइसकेको जनाईएको छ ।
विद्युत परिक्षण गर्न आफूहरु सफल भए पनि अझै रकम अभाबका कारण उदारोमा काम गरिरहेको र मेसिन गरिद गरेर ल्याएको कम्पनीको रकम पनि तिर्न बाँकी रहेको समितीले जनाएको छ । सो योजनामा विद्युतका पोल, तार र अन्य उपकरण ढुवानी सहित करिब २५ लाख बराबर स्थानीयले जनश्रमदान गरेको जनाईएको छ । विद्युत निर्माण भएसंगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यरेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय र स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ हुने देखिन्छ ।
खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यरेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय सम्म विद्युत लाईन विस्तारका गरिने खप्तड राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र व्यवस्थापन समिती सदस्य हस्त बहादुर कडायतले बताउनु भयो । खप्तड पर्यटकीय क्षेत्रमा विद्यत लाईन विस्तारका लागि बाताबरणीय प्रभाव मुल्याङ्कनका लागि सम्बन्धित निकायसंग छलफल तथा सहकार्य भईरहेको पनि बताउनु भयो । करिब ३० किलोवाट विद्यत उत्पादन हुने परिक्षण गरिसकिएको उक्त विद्युतको निकट भविष्यमै एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिने विद्यत निर्माण उपभोक्ता समिती जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्