ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको निर्देशन – राष्ट्रिय स्वार्थलाई ध्यान दिनुस्


admin
१९ असार २०७४, सोमबार   ३ : ४३   बजे
janardan-sharma

काठमाडौँ, १९ असार । गृहमन्त्री जनार्दन शर्माले नेपाल भित्रिनेका लागि पहिलो र नेपाल छाड्नेका लागि अन्तिम ढोका अध्यागमन विभाग भएकाले यसमा कार्यसम्पादन गर्नेले राष्ट्रिय स्वार्थलाई ध्यान दिन निर्देशन दिनुभएको छ ।

विभागद्वारा तयार गरी आजदेखि कार्यान्वयनमा ल्याएको ‘इमिग्रेसन मोबाइल एप’को विभागको सभा हलमा सार्वजानिक गर्दै उहाँले भन्नुभयो, “यहाँका केही कर्मचारीले मिलेमतो ९सेटिङ०मा व्यक्तिगत स्वार्थमा केन्द्रित भएर कार्य सम्पादन गर्ने गर्दछन् भन्ने प्रतिवेदन ९रिपोर्ट० व्यक्तिगत रुपमा पाएको छु, विभागीय रुपमा आएको छैन, यदि यस्तो हो भने मेरा लागि क्षम्यको विषय बन्दैन ।”

गृहमन्त्री शर्माले राष्ट्रसेवक कर्मचारीबाट व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनमा परी योजनाबद्ध रुपमा गलत काम भएमा तुरुन्त कारबाही गर्ने बताउँदै नेपालको समग्र तस्बिर अध्यागमनमा कार्यरत कर्मचारीको सेवाबाट अन्तर्राष्ट्रियजगत्मा जाने हुँदा यसमा कार्यरत राष्ट्रसेवकले राष्ट्रिय सुरक्षासित गाँसिएको संवेदनशील विषयलाई व्यक्तिगत र आर्थिक प्रलोभनको स्वार्थसित गाँस्नु हुँदैन भन्नुभयो ।

उहाँले भन्नुभयो, “अध्यागमनको ढोकाबाट राजनेता, व्यपारीदेखि अवैधधन्दा चलाउनेलगायत सबै छिर्छन् र बाहिरिन्छन् पनि, यस्तो अवस्थामा विभागमा कार्यरत कर्मचारीले कुशल कार्यक्षमता, पारदर्शिता र सेवाग्राहीका मनोभाव बुझी चुस्त सेवा दिनुपर्छ ।”

गृहमन्त्री शर्माले आफूले गृह मन्त्रालयको कार्यभार सम्हालेपछि समग्र गृह प्रशासनको सेवालाई जनतामैत्री बनाउन मार्गचित्र तयार गरी लागू गरेको जानकारी दिँदै कार्ययोजनाअन्तर्गत विभागको कार्यशैलीमा पनि सुधार गर्न चाहेको बताउनुभयो ।

आफ्नो कार्ययोजना कार्यान्वयन गर्नेमा यो विभाग पहिलो भएकोमा बधाई दिँदै अध्यागमनका सेवालाई कागज अन्त्य ९पेपरलेस० बनाउन निर्देशनसमेत दिनुभयो ।

एपको सुविधा यस्तो छ रु

विभागले अध्यागमन ऐन, २०४९, नियमावली २०५१, कार्यविधि २०६५ अनुसार देशभरका दसवटा अध्यागमन कार्यालयका सेवालाई अझ चुस्त बनाउन सहयोगीका रुपमा सो एप कार्यान्वयनमा ल्याएको हो ।

विभागका महानिर्देशक गङ्गाराम गेगालका अनुसार एपमार्फत नै सेवाग्राहीले भिसाका लागि आवेदन फारम भर्न सकिने र आफ्ना गुनासा एवम् सुझावसमेत राख्न सक्नेछन् ।

त्यसैगरी, विदेश जाने र फर्कने नेपालीका लागि उपयोगी सूचनासमेत यसमा छ । पदयात्रा अनुमतिपत्रको जानकारी तथा यसका लागि अनलाइन फारम भर्ने सुविधासमेत यसमा रहेका छन् ।

महानिर्दशक गेगालले एपमा विदेश जाने र फर्किने नेपालीका लागि उपयोगी तथा आवश्यक सूचना, प्रवेश र प्रस्थान विन्दुका अध्यागमन कार्यालयका स्थलगत नक्सा र विभागका सूचना समेत एपमा राखिएका छन् ।

महानिर्देशक गेगालले नेपालीको विदेश प्रस्थान र आगमन तथा विदेशीलाई नेपाल प्रवेशका लागि भिसा उपलब्ध, स्वीकृति, भिसाको म्याद थप र अध्यागनमसम्बन्धी अपराध नियन्त्रणका लागि विभागले काम गर्दै आएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Energy Secretary Warns Against Nuclear Deal with Iran

US Envoys Hold Substantive Talks with Zelenskyy in Kyiv

Prime Minister Shah Praises Security Personnel for Flood Relief Efforts

Nepal Police’s Unyielding Efforts in Post-August 26 Disaster Relief

Department of Hydrology and Meteorology Issues Heavy Rainfall Alert in Kanchanpur

Yemeni Government Gains in Fighting with Houthis Raise Fears of Renewed Conflict

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu