ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन, बजेट फ्रिज हुने अवस्थामा


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   १ : २९   बजे

 

काठमाडौँ, १० असार । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो । तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने योजना सिफारिस गरेका वडाले पनि ढिलो गरी मात्र पठाएको महानगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गर्न सकिने खालका योजना छनोट गरेर महानगरपालिकामा पठाउन पत्राचार गरिए पनि अधिकांश वडाले यसप्रति चासो नै नदिएका कारण यो कार्यक्रम प्रभावित भएको बताइएको छ ।

माग गरे अनुसार वडाबाट योजना नआएपछि महानगरपालिकाले अझैसम्म पनि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगारलाई काममा लगाउन नसकेको रोजगार संयोजक माधव न्यौपानेले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम जिल्लाका अन्य स्थानीय तहमा कार्यान्वयनमा आइसक्दा पनि भूगोलको हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा यो कार्यक्रम शुरु हुन सकेका छैनन् । कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा कम्तीमा पनि ३० दिन बेरोजगारहरुलाई रोजगार प्रदान गर्नुपर्ने भए पनि कार्यक्रम नै शुरु नहुँदा कार्यक्रमका लागि विनियोजित बजेट फ्रिज हुने अवस्थामा आएको छ ।

असारको पहिलो साता बितिसक्दासमेत रोजगारका कार्यक्रम शुरु नहुँदा कम्तीमा ३० दिन बेरोजगारलाई काम दिने सरकारी योजना पूरा नहुने अवस्था देखिएको हो । सरकारले पोखरा महानगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट उपलब्ध गराएको छ ।

यो कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक योजना छनोटका लागि पत्राचार गरिएकामा ११ वटा वडाले मात्र योजना छनोट गरी महानगरमा सिफारिस गरेको रोजगार संयोजक न्यौपानेको भनाइ छ । वडा नं १, ५, ११, १३, १५, १७, १८, १९, २१, २७ र ३० ले मात्र योजना छनोट गरेर महानगरपालिकामा पठाएको उहाँले जानकारी दिनुभयो ।

सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यको योजना छनोट गर्नुपर्ने भए पनि वडाबाट पर्याप्त योजना नआउँदा कार्यक्रम शुरु हुन नसकेको न्यौपाने बताउनुभयो ।

“वडाबाट योजना नआउनु, योजना आएको वडामा पनि बेरोजगारको कामप्रतिको आकर्षण कम हुनुजस्ता समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “कतिपय वडामा बेरोजगारको सङ्ख्या न्यून हुनु र सार्वजनिक विकास निर्माणमा श्रममा आधारित कार्यक्रम भएकाले पनि शैक्षिक बेरोजगारले कामप्रति रुचि नदिएका कारण यो कार्यक्रम शुरु हुन नसकेको हो ।”

चालू आवमा वडा नं १३ र २७ मा कार्यक्रम थाल्ने अन्तिम तयारीमा रहेको बताउँदै न्यौपानेले नगरसभा सम्पन्न भएपछि ती वडामा काम शुरु गरिने जानकारी दिनुभयो । महानगरपालिकामा एक हजार ३८८ बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन निवदेन दर्ता गराएका थिए । महानगरपालिकाका प्रवक्ता एवम् वडाध्यक्ष धनबहादुर नेपालीले बुझाइमा अस्पस्टता तथा आगामी वर्षका लागि योजना तर्जुमाको व्यस्तताले पनि वडाबाट योजना छनोट गरी पठाउन नसकिएको बताउनुभयो । आफ्नो वडाबाट भने योजना छनोट भइसकेकाले केही व्यक्तिलाई काम दिने तयारी भएको उल्लेख गर्नुभयो ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् । रोजगारीका लागि नाम दर्ता गरेका तर न्यूनतम काम नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउने व्यवस्था सो कार्यक्रमले गरेको छ ।

परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दाबी गर्न सक्नेछन् । त्यस्ता बेरोजगारलाई न्यूनतम १०० दिनको प्राप्त हुन आउने पारिश्रमिकबापतको पचास प्रतिशत रकम उपलब्ध गराउने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu