ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत विक्री वितरण गर्न पाउने कानुनी व्यवस्था हुनुपर्छ– शैलेन्द्र गुरागाँई


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   ३ : ३२   बजे

 

काठमाडौँ, १० असार । स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले भारत र बंगलादेशसँग निजी क्षेत्रलाई पनि विद्युत विक्री वितरण गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

इप्पानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत र बंगलादेशसँग निजी क्षेत्रले पनि विद्युत विक्री वितरण गर्न पाउने गरी कानुनी व्यवस्था गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग माग गरेको हो । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाँईले ६ हजार मेघावाट विद्युत उत्पादनको कामलाई अघि बढाएको निजी क्षेत्रलाई पनि भारत, बंगलादेशमा विद्युत विक्री गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउनु भयो ।

इप्पानको टोलीले हालै भारत र बंगलादेशको भ्रमण गरेपछि दुवै मुलुकमा जस्तै नेपालमा पनि निजी क्षेत्रलाई विद्युत विक्री गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको हो । अध्यक्ष गुरागाईँले नेपालमा विद्युत उत्पादनको अथाह सम्भावना रहेको उल्लेख गर्दै त्यसको बजार व्यवस्थापनका लागि तत्काल क्षेत्रीय बजार स्थापनाका लागि भारत र बंगलादेशसँग पहल गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

इप्पानले भारत र बंगलादेशसँग विद्युत निर्यात तथा क्षेत्रीय व्यापारका लागि स्पष्ट अवधारणा अघि सार्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu