ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२२ महिनामा बन्ने चित्रेपुल ७ बर्ष सम्म बनेन


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   ३ : ३९   बजे

 

अछाम, १० असार । २२ महिनामा निर्माण कार्य सम्पन्न हुने गरी सम्झौता भएको पक्की चित्रे पुल ७ वर्ष सम्म पनि सम्पन्न हुन सकेको छैन ।

बुढीगंगगा नदीमा बन्न लागेको उक्त पुलको २०७० साल भदौमा अनक नन्देगडा तुलसी जेभिसंग सम्झौता भई २०७२ साल असारमा पुल बनाइसक्ने सम्झौता भए पनि अझ सम्म पनि पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

स्थानीय नन्देगडा तुल्सी दुर्गा जेभीसँग तत्कालिन जिल्ला विकास समितिले गरेको सम्झौता अनुसार सय मिटर लम्बाईको पक्की पुल भ्याट बाहेक ५ करोड ६३ लाख १५ हजार ७ सय ६६ रुपैयाँमा २२ महिनामै काम सक्नुपर्ने भनिएको थियो ।

अहिले सम्म ४ करोड ५० लाख रुपैयाँ भूक्तानि भईसकेको छ । यस अघि सम्झौता गर्दा केही कुरा स्टमेटमा उल्लेख नभएका कारण पुल निर्माण ढिलाई भएको निर्माण कम्पनीले दावि गर्दै आएको थियो ।“अहिले हामी अनक तुलसी जेभिले नन्देगडा कन्ट्राक्सनलाई जिम्मा दिदा ढिलाई भएको र अहिले आफैले काम गर्न सुरु गरेका छौँ ।” अनक कन्ट्राक्सनका प्रतिनीधि राम न्यौपानेले बताए ।

विभिन्नन कारण देखाउँदै कम्पनीले काममा ढिलाई गर्दै आएको थियो । “अहिले निर्माणको जिम्मा पाएको कम्पनीले आफै काम गर्न थाले पछी एक बर्ष भित्रै काम सकिनेछ ।” कम्पनीका प्रतिनीधि खेम बुढाले बताए ।

पुल र्मिाणको काम हेर्न साँफेबगरमा पूर्वाधार विकास कार्यालय पनि सपना भैसकेको छ । ‘आगामी एक बर्ष भित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता रहेको र सार्वजनिक खरिद ऐन अनुसार म्याद नथपिने पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंग बहादुर थापले बताए ।’ उहाँले भन्नुभयो–“ निर्धारित समयमा काम गर्न नसके कार्बाहिका लागि सिफारिस गर्छौँ ।”

‘२६ महिना सम्म म्याद राखेर निर्माण गर्नु पर्ने पुल ६ बर्ष सम्म पनि निर्माण हुन नसक्नु लाजमर्दो कुरा भएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।’ उहाँले भन्नुभयो–“अब हमी एक बर्ष भित्र काम हुनेमा विश्वस्त छौँ ।”

‘निर्माण कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा जसरी भएपनि काम गरि सक्ने भएका कारण समय दिएको जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुँरवले बताए ।’

उहाँले भन्नुभयो–“अहिलेको जसरी काम भयो भने आगामी एक बर्षमा काम सम्पन्न हुन सक्छ, हामी समय–समयमा अनुगमन निरिक्षण गर्छाँै, यदि तोकेको समयमा काम नगरे कार्बाहीको प्रक्रिया अगाडी बढ्छ ।”

यसरी निर्माण कार्यमा ढिलाई गर्ने ठेकेदार तथा कम्पनीलाई कार्बाही गरि ठेक्का रद्ध गर्न आवश्यक छ । सम्बन्धित निकायले पनि निर्माणाधिन विभिन्न योजनाहरुको अनुगमन गर्न आवश्यक छ ।

चित्रे पुल बनेपछि जिल्लामा रहेका त्रिवेणीधाम, रामारोशन, खप्तड, वैद्यनाथ, पञ्चदेवल लगायत पर्यटकीय क्षेत्र भ्रमणमा आउनेहरूलाई सहज हुने देखिन्छ । चित्रे पुल सेती लोकमार्ग र मध्यपहाडी लोकमार्गसँग जोडिएले पनि पुल बनेपछी निकै सहज हुने स्थानीयको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group