काठमाडौं,११ असार । सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्थाले सरकारले क्लिन फिडको नीति लागू गर्ने निर्णय गरेकामा स्वागत गरेका छन् ।
नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ (आन), ब्रोडकास्टिङ एशोशिएशन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले आज संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी धेरै वर्षदेखि नेपाली मिडियाहरुले नेपाल सरकारस“ग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा सरकारको निर्णय स्वागतयोग्य भएको जनाएका छन् ।
मन्त्रीपरिषदको २०७३ साउन ७ गतेकोे बैठकले क्लिन फिड नीति पारित गरेको थियो । सरकारले विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने व्यवस्था गरेको छ । नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेलसहित अन्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवद्र्धन गर्ने र परनिर्भरतलाई समेत कम गर्न सघाउ पु¥याउने उल्लेख छ ।
विदेशी च्यानलमा विज्ञापनरहित स्वच्छ र छनोट गरिएको सामाग्रीमात्र हेर्न पाउनु प्रत्येक नेपाली नागरिकको अधिकार हो भन्दै यो कानून लागु भएपछि पैसा तिरेर पनि अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने वाध्यकारी व्यवस्थाको अन्त्य हुने विज्ञप्तीमा उल्लेख छ । राज्यले आफ्नो देशको भाषा, संस्कृति र व्यवसायको प्रवद्र्धन र सम्वद्र्धनका लागि यो व्यवस्था गर्नैपर्ने भन्दै ती संघसंस्थाहरुले क्लिन फीड लागू भएपछि नेपाली कला, संस्कृति र सिर्जनशीलताको समेत विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्