काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसिरहेको छ ।
बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि र राष्ट्रिय सुरक्षा योजनाबारे छलफल हुने भएको छ । विप्लवका आपराधिक गतिविधि नियन्त्रण गर्दा सरकारले दमन गरेको भन्दै सत्तारुढ दलकै नेताले विरोध जनाइरहेका बेला विप्लवका गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गरेर योजना बनाइने जनाइएको छ ।
केहीदिन अघि सर्लाहीमा नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ गरिएको घटनापछि प्रहरी इन्काउन्टरको विषयले चर्चा पाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले पनि कुमार पौडेललाई इन्काउन्टर नभइ हत्या गरिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्