काठमाडौं, १२ असार । हत्या गरिएका एक यूवकको शवसहित बिहीबार राजविराजमा उनका आफन्तजन र स्थानियहरुले प्रदर्शन गरेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ वर्षिय जय कृष्ण विराजीलाई सोमाबार राती अज्ञात व्यक्तिहरुको समूहले राजविराज वडा नं. ७ मा कुटपिट गर्दै हत्या गरेको बिरोधमा सो प्रदर्शन गरिएको हो ।
घटनामा संलग्न रहेकाहरुलाई कानुनी कारवाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानियहरुले शवसहित राजविराज नगर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीको मूल ढोका अगाडी राखेर प्रदर्शन समेत गरे । प्रहरीले किटानी जाहेरीसहित मुद्दा दर्ता गर्न नमानेको भन्दै आफन्तजनले तत्काल मुद्दा दर्ता गर्न माँग गरेका छन् । उनीहरुले प्रहरी प्रशासनको रबैयाप्रति असन्तुष्टि व्यक्त गर्दै चर्को नाराबाजी समेत गरे ।
यसअघि कुटपिटबाट घाइते बिराजीलाई प्रहरीले तत्काल राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएका थिए । पछि थपउपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको र सोही अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्