ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २२ गते बस्ने


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ३ : ५४   बजे

 

काठमाडौं, १२ असार । नेपाली काँग्रेसले पार्टी केन्द्रिय कार्य समितिको बैठक आगामी असार २२ गते बोलाएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका सबै संगठन संरचनाहरुको संरचना निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आगामी असार २२ गते आईतबार पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाइएको जानकारी दिनु भएको हो । बैठकमा नेविसंघ, तरण दललगायतका भातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशिल ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रिय हुने उहाँको भनाई छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा गर्न बसेको पार्टी केन्द्रिय प्रतिनिधिहरुको बैठकमा पार्टीलाई गतिशिल बनाउने गरी एकतावद्ध भएर अघि बढन पार्टी नेतृत्वलाई दवाव दिएपछि काँग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाउने भएको हो । प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको पनि स्पष्ट पार्नु भयो ।

प्रवक्ता शर्माले राष्ट्रिय जागरण अभियानको समिक्षाका लागि जारी पार्टीका कन्द्रिय प्रतिनिधिहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा पनि जोड दिएको बताउनु भयो । यता, केन्द्रिय प्रतिनिधिहरुले पनि सरकारप्रति जनताको वितृष्ण फैलिएकाले दावी गर्दै उनीहरुको विश्वास जित्ने गरी पार्टीको कार्यक्रम अघि बढाउन नेतृत्वलाई दवाव दिएका थिए । पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा गर्न बसिरहेको बैठकमा सहभागी भएका हुम्लाका केन्द्रिय प्रतिनिधि हस्तबहादुर मल्लले सरकारको अर्कमण्यता जनताको माझ लगेर उनीहरुको विश्वास जित्ने गरी काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको जानकारी दिनु भयो ।

मल्लले पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टी भित्र एकताको सन्देश दिएको उल्लेख गर्दै त्यसलाई निरन्तर अघि बढाउन पनि पार्टी नेतृत्वलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group