ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र प्रतिपक्षीसँग प्रदेश सदस्य नै असन्तुष्ट


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ५ : ४६   बजे

काठमाडौं, १२ असार । कर्णाली प्रदेशको चालू आर्थिक वर्षको विकासमा प्रदेश सरकार र प्रतिपक्षी दुवैको प्रभावहिनता देखिएको संसद्ले औँल्याएका छन् । सरकारको नीति, कार्यक्रम तथा बजेटमा सन्तुलित विकास भने पनि व्यवहारमा त्यो नदेखिएको र प्रतिपक्षीले पनि त्यसैमा सम्झौता गरेको कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले आरोप लगाउनुभयो । “गत वर्ष बजेट असन्तुलित थियो, आव २०७६/७७ को त शीर्षकमै असन्तुलित देखियो”, रासससँग कुरा गर्दै सदस्य विष्टले भन्नुभयो, “यो पनि मन्त्री र प्रतिपक्षी दलको नेता केन्द्रित छ ।”

उहाँले प्रदेशसभाको ११औँ बैठकमा प्रतिपक्षी दलको नेता जीवनबहादुर शाहीलाई सरकारसँग व्यक्तिगत लेनदेनका लागि बार्गेनिङ गरेर प्रदेशको मुद्दा सम्झौतामा टुङ्ग्याएको दोषारोपण गर्नुभयो ।

उहाँले सरकारको मुख्यमन्त्री र प्रतिपक्षी दलले यहाँको विकासमा जिम्मेवार हुनुपर्ने पर्ने जोड दिनुभएको थियो । अन्यथा सरकार र प्रतिपक्षीसमेत कठघरामा उभिनुपर्ने र आफू पनि आवश्यकतामा उभिने उहाँको चेतावनी थियो । नेपालकै नयाँ पत्ता लागेको गुर्भाकोट नगरपालिकाको मालारानी गुफा र राजकाँडा दरबारजस्तो पर्यटकीय दरबारलाई पर्यटन प्रवद्र्धन गर्न सरकारले चासो नदिएको उहाँको आक्रोश थियो ।

विभागीय मन्त्रीलाई इङ्गित गर्दै उहाँले भन्नुभयो, “तपाईको घरअघिको ढुङ्गा पनि पर्यटन हुने अनि हाम्रो प्रख्यतस्थल पनि मरुभूमि र जलाशय हो ।” मुख्यमन्त्री तथा अर्थमन्त्रीले रु १० अर्ब डल्लो अठ्याएर राख्दा यहाँको विकास नहुने भन्दै सदस्य विष्टले सरकारको अनुभव र प्रभावहिनताका कारण प्रदेशको अपेक्षित विकास नभएको उहाँले ठोकुवा गर्नुभयो ।

सुर्खेत राजधानीका लागि रु एक अर्ब बजेट छुट्याउनुपर्ने, बाटोघाटो, पानीको सङ्कटग्रस्त क्षेत्र घोषणा भएको राजधानीलाई व्यवस्थित बनाउनुपर्ने र रु १० करोड जनता सडक गरिनुपर्ने तथा निर्वाचन क्षेत्रको कोषको व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य विन्दमान विष्टले सरकारले पूर्वाधार विकासमा प्राथमिकता दिन सुझाउनुभयो । सदस्य विष्टले पूँजीगत शीर्षकको बजेट बढाउनुपर्नेमा जोड दिनुभएको थियो । यता संसद् गोपाल शर्माले कर्णालीलाई आत्मनिर्भर बनाउने कार्यक्रम सरकारले ल्याउनुपर्ने तर्क गर्नुभएको थियो । राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य सोशीला शाहीले सरकारले विकासका सवालमा दिएका सुझावको अवमूल्यन गरेको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu