ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थको अन्वेषणका लागि प्राविधिक टोली दैलेख आउँदै


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ६ : १९   बजे

 

काठमाडौं, १२ असार । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली दैलेख आउन लागेको हो ।

दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्को सम्भावना अध्ययन गर्न टोली दैलेख आउन लागेको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाका अनुसार नेपाल र चिनियाँ टोली आइतबार दैलेख आइपुग्नेछ । विभागका महानिर्देशक सापकोटाले आइतबार दैलेख पुगेर पेट्रोलियम अन्वेषण शुरु गरिने राससलाई जानकारी दिनुभयो ।

चीनले नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गर्न लागेको उहाँको बताउनुभयो । महानिर्देशक सापकोटाका अनुसार अन्वेषणका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोली नेपाल आइसकेका छन् । फरकफरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालनी गरिने महानिर्देशक सापकोटाले जानकारी दिनुभयो ।

“हामीले शुरुमै आएर उत्खनन् गर्ने होइन्”, महानिर्देशक सापकोटाले भन्नुभयो, “अबको अन्वेषणले पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ ।” व्यावसायिकरुपमा उत्पादन गर्न सम्भव भए कुन क्षेत्रमा उत्खनन् गर्दा सहज हुन्छ भन्नेबारे अध्ययन पनि गरिने उहाँको भनाइ छ ।

उत्खनन लागतअनुसारको व्यावसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागका महानिर्देशक सापकोटाले बताउनुभयो । दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । दैलेखको श्रीस्थान जमीनमुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करीब ३०० वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । विभागका महानिर्देशक सापकोटा ती सबै स्थानमा अन्वेषणको गरिने बताउनुभयो ।

‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । यो सम्झौताको अवधि तीन वर्षको छ । चिनियाँ र नेपालको विज्ञ र प्राविधिक टोलीले पहिलो चरणमा दैलेखलगायत तानसेनमा समेत भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचान गर्ने विभागका महानिर्देशक सापकोटाले बताउनुभयो । उहाँका अनुसार दोस्रो चरणमा दैलेखमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेस्रो चरणमा समग्र नेपालमा पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने उहाँको भनाइ छ । “तीन वर्षमा हामीले तोकिएको क्षेत्रमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यावसायिक सम्भाव्यता छ÷छैन भन्ने टुङ्गो लगाउनेछौँ”, विभागका महानिर्देशक सापकोटाले भन्नुभयो । दैलेखबाट प्रदेश र सङ्घमा निर्वाचित सांसद र स्थानीयवासीले पनि दैलेखमा रहेको पेट्रोलियम ग्यास उत्खनन गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

चार वर्षपछि अन्वेषण शुरु

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको चरम सङ्कट भएसँगै नेपालमा खानी उत्खननका आवाज उठेको थियो । लगत्तै तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली २०७२ पुसमा दैलेख आइपुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आउनुभएका मन्त्री पाण्डेले दैलेखको श्रीस्थानमा पुगेर पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना कार्यको शुरुआत गर्ने उद्घोष गर्नुभएको थियो ।

त्यसबेला चीनबाट आएको छ सदस्यीय चाइना जियोलोजिकल सर्भेको टोलीले सम्भाव्यता अध्ययन गरी विभिन्न स्थानमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । चीनले गरेको प्रारम्भिक अध्ययनबाट उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम ९एलपी० ग्यासको खानी रहेको पुष्टि भइसकेको छ । विसं २०७२ चैतमा यही कार्यका लागि चीन र नेपालबीच प्रधानमन्त्रीस्तरमा द्विपक्षीय समझदारी भइसकेको थियो तर सरकारले गत माघमा मात्रै चीनलाई पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

विकासको कोसेढुङ्गा – सांसद शर्मा

दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रवीन्द्रराज शर्माले दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिका क्षेत्रमा रहेको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन भए मुलुकको विकासमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । सांसद शर्माले दैलेखमा पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनपश्चात् व्यावसायिक उत्पादन गर्न सकिने भए तत्काल उत्खननको कार्य शुरु गर्न पहल गरिने राससलाई बताउनुभयो । उहाँले मन्त्री तथा पूर्वमन्त्रीसहित सांसदको टोली पनि दैलेख आउने कार्यक्रम तय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group