ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा अध्यक्ष प्रचण्ड र देउवावीच भेटर्वार्ता, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन उच्चस्तरीय समझदारीका साथ अघि बढने सहमति


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ८ : १९   बजे

काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापत्ति शेर बहादुर देउवा बिच भेटवार्ता भएको छ ।
आज ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।

देउवासँगको भेट वार्ता नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सल्लाह अनुरुप नै भएको बालुवाटार स्रोतले जानकारी दियो । स्रोतका अनुसार दुई नेताबीचको बार्तामा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन उच्चस्तरीय समझदारीका साथ अघि बढने सहमतिसमेत भएको छ ।

‘दुई अध्यक्षबीच छलफल भएर नै अध्यक्ष प्रचण्डले देउवासँग बार्ता गर्नुभएको हो, हिजोको शान्ति प्रक्रियाका सहयात्री दल रहेकोले सत्ता र प्रतिपक्षी नभनी उच्चस्तरीय सहमतिका साथ अघि बढन बार्ता फलदायी रह्यो,’ बालुवाटार स्रोतले बतायो । स्रोतका अनुसार प्रचण्ड र देउवाबीच छिटै प्रधानमन्त्री ओलीसहित तीन नेताको बैठक बसेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति बनेको छ ।

अव प्रधानमन्त्रीसहित तीन नेताबीच उच्चस्तरीय बैठक हुने स्रोतले बताएको छ । भेटमा अध्यक्ष प्रचण्डले सरकार प्रतिपक्षीसँग समग्र बिषयमा सहमतिका साथ अघि बढन चाहेको भन्दै समृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गर्न सहकार्यको प्रस्ताव गर्नुभएको समेत स्रोतले बतायो । देउवासँगको भेटमा प्रधानमन्त्री र आफूबीच छलफल भएरै पहिलो चरणमा बार्ताका लागि आएको जानकारीसमेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group