ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १- विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ८ : २०   बजे

 

काठमाडौं, १२ असार । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ ९७० बमोजिम विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा सो प्रस्ताव आर्थिक मामिला तथा योजनमन्त्री ईन्द्रबहादुर आङ्बोले पेश गर्नुभएको हो ।

बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि आजदेखि छलफल शुरु भयो । छलफलमा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले जनताका असीमित आवश्यकता र चाहनालाई सीमित साधन र स्रोतले एकैपटकमा पूरा गर्न सम्भव नभएपनि क्रमशः ती आवश्यकता र चाहनालाई विनियोजित बजेटले मद्दत गर्ने बताउनुभयो । उहाँले कृषिमा आमूल परिवर्तन गर्न प्रदेशको भूगोलअनुसार योजना र बजेटको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

सदस्य केदार कार्कीले भौतिक पूर्वाधार जस्ता विषयमा मन्त्रालयले स–साना रकमको योजना राख्नुले पूर्वाधार निर्माणमा समस्या उत्पन्न हुने बोल्नुभयो । सदस्य सूयर्माराज राईले सरकारले बजेट बनाउँदा उत्पानदनमुखी हुनुपर्ने भन्दै एतिहासिक अवसर प्राप्त गरेको यो सरकारले अधिकार प्रयोग गर्न नसकेको टिप्पणी गर्नुभयो ।

शून्य समय

प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले झापाको निर्वाचन क्षेत्र नं।१ अन्तर्गत सबै स्थानीय तहमा जङ्गली हात्तीको समस्या देखिएकाले यो समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य जसमाया गजमेरले प्रकाश सपुतले गाएको गीतको विषयमा सामाजिक सञ्जालमा दलित समुदायको भावनामा चोट पुग्ने किसिमको अभिव्यक्ति आउनाले हाम्रो ध्यानाकर्षण भएको र यस्तो अभिव्यक्तिले सामाजिक सद्भाव बिग्रने भएकाले सरकारले समयमै त्यस्ता व्यक्तिलाई कानूनी कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

सदस्य विमल कार्कीले आफ्नो नाममा सामाजिक सञ्जालमा अनर्गल प्रचारले मलाई दुःखी बनाएकोले यस्तो क्रियाकलापमा संलग्न मानिसलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै सङ्घीय सरकारले मिडिया काउन्सिलका विषयमा ल्याउन लागेको विधेयकको पक्षमा बोल्नुभयो ।

सदस्य विजयकुमार विश्वासले किसानले अहिले धान रोप्ने समयमा रासायनिक मल नपाउने गरेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य सावित्रा जोशीले धरानको हात्तीसार क्याम्पसमा पोषणका विषयमा अध्ययन गर्ने विद्यार्थीले विधिवत कानूनी मान्यता नपाउने भएकालले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group