ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली किसानको अन्त्य गर्नुपर्छ– कृषिमन्त्री


एबीसी न्यूज
१३ असार २०७६, शुक्रबार   १ : ३१   बजे

 

काठमाडौं, १३ असार । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताउनु भएको छ ।

बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

सक्कली किसानको भ्रम फैलाएर नक्कली किसानले राज्यबाट सेवासुविधाहरु लिइरहेको बताउँदै उहाँले भन्नुभयो, “यस्तो अवस्था आगामी दिनमा पनि कायम रहिरहे राज्यलाई ठूलो नोक्सान हुन्छ ।” वितरण गरिएको उपकरणले पशुबाट मान्छेमा सर्ने ७३ प्रतिशत रोगहरुमा कमी आउने उहाँले बताउनुभयो ।

धनजनको क्षति हुनबाट बच्न सकिने हुँदा आधुनिक उपकरणहरु उपयुक्त हुने बताउँदै उहाँले प्राविधिकहरुलाई किसानको आवश्यकतालाई मध्यनगर गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आयातीत वस्तुहरुलाई प्रतिस्थापित गर्न सकिएमा नेपालको समृद्धि हुने बताउनुभयो । कृषि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुुनुपर्ने उहाँको भनाइ छ ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी प्रदेशको आर्थिक सहयोगमा टुल बक्स, पोर्सप, कैञ्ची, माइक्रोसप, सेन्ट्रिफ्युजलगायतका आवश्यक उपकरणहरु वितरण गरिएको भेटेरिनरी अस्पताल लमजुङका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार लमजुङका २४ र मनाङका ६ जना भेटेरिनरी प्राविधिकहरुलाई उक्त उपकरण वितरण गरिएको छ । उनीहरुलाई वितरण गरिएको ३० वटा उपकरण रु ११ लाख ७५ हजार बराबरको सामग्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group