ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न माग


एबीसी न्यूज
१३ असार २०७६, शुक्रबार   ७ : २७   बजे

 

काठमाडौं, १३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायत दलले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको कारवाही शुरु गर्नुभएपछि काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसदले देशका विभिन्न भागमा शान्तिपूर्ण रुपमा भइरहेका दमन विरुद्ध उठेर विरोध जनाएका थिए ।

उठेर विरोध जनाएपछि सभामुख महराले काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिनुभएको थियो । उहाँले बर्दियाका युवाले मन्त्रीलाई कालो झण्डा देखाउदा प्रहरीले नियन्त्रणमा लिई पिटाइले निधन भएको घटना सेलाउन नपाउँदै काठमाडौँमा नेपाल तरुण दलका दिनेशविक्रम शाहलाई प्रहरीले आक्रमण गरी घाइते बनाएकाले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको हनन् भएको बताउनुभयो ।

कञ्चनपुर र बुटवलमा पनि शान्तिपूर्ण रुपमा विरोध गर्नेलाई दमन गरिएको नेता खाँणले बताउनुभयो । कञ्चनपुरमा विभिन्न माग राखेर विरोध गर्ने क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलगायत घाइते भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उहाँले माग गर्नुभयो ।

प्रमुख सचेतक खाँणले नागरिक अधिकार कुण्ठित गरी धरपकड गर्न थाले सरकारले यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । अमेरिकी नागरिक फिर्ता गरिएको घटना छानबिन गर्न माग

राजपाका सांसद राजकिशोर यादवले पूर्व न्यायधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक माग गरेकामा प्रधानमन्त्री एवं मन्त्रीहरुले जनाएको प्रतिबद्धता कार्यान्वयन नभएको बताउनुभयो । लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा गम्भीर आशङ्का पैदा भएको उल्लेख गर्नुहुँदै उहाँले फेरि निर्दोष जनतालाई फसाउने षड्यन्त्र त भएको छैन भन्ने आशङ्का व्यक्त गर्नुभयो ।

त्रिभुवन विमानस्थल अध्यागमनबाट अमेरिकी नागरिकलाई बिना कारण फर्काइएको घटनाको छानबिन गर्न पनि सांसद यादवले माग गर्नुभयो । यसले राम्रो सङ्केत नगरेको बताउनुहुँदै उहाँले नेपाल र नेपालीको सुरक्षाको जिम्मेवारी लिएर बसेको सरकारले कसैको निर्देशनमा काम नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group