ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजियो– सभापति देउवा


एबीसी न्यूज
१३ असार २०७६, शुक्रबार   ७ : ४४   बजे

 

काठमाडौं, १३ असार । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताउनुभएको छ । स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा यहाँ आज आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठी’मा उहाँले राजनीतिक विचार र आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गरिएको आरोप लगाउनुभयो ।

“कर्मचारी स्थायी सरकार हो, राजनीति विचार र आस्थाभन्दा पनि कामका आधारमा सरुवा बढुवा गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले जनताको काममा बढी आवतजावत हुने क्षेत्र स्थानीय सरकार भएकाले जनतालाई राम्रो व्यवहार गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

जनताको जनताको काम गरेर पार्टीलाई बलियो बनाउन स्थानीय कर्मचारी युनियनको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । सभापति देउवाले वर्तमान सरकारले लोकतन्त्रको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रता, मानव अधिकारलाई खोस्न खोजेको आरोप लगाउँदै मानव अधिकार र प्रेस स्वतन्त्रताका पक्षमा काङ्ग्रेसले संसद् र सडकमा आन्दोलन गर्ने बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानअनुसार निर्माण भएको सङ्घीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको महत्वपूर्ण भूमिकका रहेको बताउनुभयो । “सङ्घीयतालाई साकार बनाउने जिम्मा स्थानीय तहका कर्मचारीको हो, स्थानीय तहका कर्मचारीले जनताका पक्षमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता पौडेलले स्थानीय तहमा निजामती कर्मचारी र स्थानीय तहले भर्ना गरेका दुई खाले कर्मचारी राखेर सरकारले कर्मचारीलाई विभेद गर्न खोजेको बताउनुभयो । सरकारलाई व्यवस्था र परिवर्तनप्रति चिन्ता नभएको उहाँको भनाइ छ ।

नेता पौडेलले सरकारले लामो समयको सङ्घर्षपछि ल्याएको परिवर्तनलाई सङ्कटमा पार्न खोजेको भन्दै काङ्ग्रेस काङ्ग्रेसलाई सत्ताकोभन्दा पनि व्यवस्था जोगाउने चिन्ता रहेको बताउनुभयो । काङ्ग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइ जनमत पाएको शक्तिशाली सरकारले कर्मचारी समायोजनको विषयमा ढिलासुस्ती गरिरहेको बताउनुभयो । “दुई तिहाइको आडमा सरकारले सङ्घीयता कार्यान्वयनमा आलटाल गरिरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुस्कर आचार्यले नेपाली काङ्ग्रेसले पनि स्थानीय तहमा तत्काल सङ्गठन निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । “पार्टीको सङ्गठन बलियो बनाउन पार्टीको स्थानीय सङ्गठन र स्थानीय कर्मचारी एकजुट भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ०का अध्यक्ष गोपाल पोखरेलले कर्मचारी समायोजनमा कर्मचारीको मनोबल उच्च हुने खालको काम सरकारले गर्न नसकेको बताउनुभयो ।

स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, काङ्ग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले कर्मचारीको हक अधिकारलाई कुण्ठित गर्ने गरी कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको बताउनुभएको थियो ।

स्थानीय तहमा कार्यरत कर्मचारीले ऐन र कानूनविपरीतको काम नगर्नेसमेत उहाँहरुले सुझाव दिनुभएको थियो । आजदेखि शुरु भएको कार्यशाला गोष्ठी दुई दिनसम्म चल्ने युनियनका महासचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group