ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन्


एबीसी न्यूज
१४ असार २०७६, शनिबार   १ : २८   बजे

 

काठमाडौं, १४ असार । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, बैतडीका तीन नगरपालिकाले अझै अगामी आर्थिक वर्ष २०७६ /७७ का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेका छैनन् ।

कानून अनुसार गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असारको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर, दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

तयारी नपुगेकोले असार १० मा बजेट ल्याउन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । आज नगरकार्यपालिकाको बैठक रहेको र आइतबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने उहाँले बताउनुभयो । पाटन नगरपालिकामा पनि आइतबारसम्म बजेट सार्वजनिक गर्ने तयारी भएको नगरउपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभयो ।

यस्तै पुर्चौडी नगरपालिकाले असार २० गतेपछि मात्रै आगामी वर्षको बजेट सार्वजनिक हुने जनाएको छ । वडास्तरमा योजना तर्जुमा काम नसकिएको, टोल, बस्ती भेला जारी रहेकोले एक हप्ता अझै लाग्ने नगरप्रमुख रणबहादुर कुँवरले बताउनुभयो ।

जिल्लाका १० मध्ये सात स्थानीय तहले यसअघि बजेट प्रस्तुत गरिसकेका छन् । मेलौली नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले बजेट सार्वजनिक गरिसकेका हुन् ।

डिलाशैनी गाउँपालिकाले रु ४६ करोड ६२ लाख ४२ हजार , मेलौली नगरपालिकामा रु ३७ करोड ६५ लाख ८९ हजार, शिवनाथ गाउँपालिकाले रु २८ करोड ७९ लाख १५ हजार ७९२ को बजेट सार्वजनिक गरिसकेकोे छ ।

यस्तै दोगडाकेदार गाउँपालिकाले रु ४७ करोड पाँच लाख ९३ हजार , सिगास गाउँपालिकाले ४१ करोड ६६ लाख २३ हजार, सुर्नया गाउँपालिकाको रु ३१ करोड र पञ्चेश्वर गाउँपालिकाले रु ३३ करोड ४४ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu