ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ– सभापति देउवा


एबीसी न्यूज
१४ असार २०७६, शनिबार   ४ : ०८   बजे

 

काठमाडौं, १४ असार । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाउनुभएकोे छ ।

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई आज यहाँ सम्मान गर्दै उहाँले प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु हो भन्नुभयो ।

सम्मानित हुनेमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारी, पूर्व प्रशासक नेत्रबहादुर कार्की, शिक्षासेवीद्धय अञ्जु खड्का र मोहन कोइराला तथा गीत सङ्गीत क्षेत्रका प्रतिभा आयुष केसी हुनुहुन्छ ।

समारोहमा बालप्रतिभा केसीलाई प्रेरणा दिन गाउँपालिकाको तर्फबाट रु दुई लाख नगद प्रदान गरियो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो– “सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ, यसबाट जनताले निकै सास्ती खेप्नु परेको छ ।”

लोकतन्त्र र संविधानले सुनिश्चित गरेका गतिविधिलाई अँकुश लगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो ।

नेपाली काङग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक सङ्घीयतामा गएसँगै सिहदरबारको अधिकार गाँउ–गाँउमा पु¥याउने भनिएकोमा अहिले बालुवाटर केन्द्रित गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

विश्वमा सामुदायिक सम्बन्धी नीति अँगालेका देशका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका प्रेरणाको स्रोत बनेकोमा खुशी व्यक्त गर्दै उहाँले गाउँपालिकाले जनताका लागि प्रदान गर्ने सेवामा करमुक्त गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसीले जनतामा राज्यबाट प्रदान गरिने सेवा सहज ढङ्गबाट उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध छ भन्नुभयो । हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले स्थानीय तहले सङ्कलन गर्ने राजश्वको ५० प्रतिशत खर्च गर्न पाउने व्यवस्था कडाइका साथ पालना गराउन तथा स्थानीय तहलाई कुन ढाँचामा अघि बढाउने भन्नेमा पार्टीको स्पष्ट निर्देशन हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu