ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दशैँसम्म सरकारको आलोचना समाप्त हुन्छ’ – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१५ असार २०७६, आइतबार   ८ : १५   बजे


काठमाडौं, १५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले  शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको बाँकी काम सम्पन्न गराउन ढिलाइ भइरहेको सन्दर्भमा उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “एकतामा ढिलाइ भयो भनेर निरास हुनुपर्ने अवस्था छैन, यस आर्थिक वर्षभित्र एकता एकीकरणका सम्पूर्ण काम सम्पन्न हुन्छन् । अर्को आवमा पार्टी गतिशील ढङ्गबाट अघि बढ्छ ।

वर्तमान सरकार गठन भएदेखि नै सरकारले जनताको चाहनाअनुसारको काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा हासिल गरेरै छाड्ने बताउनुभयो । “सरकारले धेरै राम्रो काम गरेको छ”, उहाँले भन्नुभयो, “लोकतन्त्रको संस्थागत विकास, सुदृढीकरण, समृद्धि हासिल गर्न सरकार स्पष्ट र दृढ     छ ।”

सरकार अनियमिता र भ्रष्टाचारीविरुद्ध कडा ढङ्गबाट प्रस्तुत भएको जानकारी दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार गर्न कोही कसैलाई पनि छुट नभएको बताउनुभयो । “म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, मुलुकमा सुशासन कायम गरेरै छाडिन्छ”, उहाँले भन्नुभयो ।

वर्तमान सरकार गठन भएसँगै विकास निर्माणमा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले यस अवधिमा जोखिम अवस्थामा रहेका तुइन विस्थापित भई ४०० भन्दा झोलुङ्गे पुल निर्माण गरिएको बताउनुभयो । एक हजार किलोमिटरभन्दा बढी पक्की सडक निर्माण गरिएको उहाँको भनाइ थियो ।

‘दशैँसम्म सरकारको आलोचना समाप्त हुन्छ’

उपत्यकालाई व्यवस्थित र प्रदूषणरहित बनाउन सरकारले प्रयास गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “विगत एक वर्ष र अहिलेको काठमाडौँको तुलना गर्नुस्, आफैँ थाहा पाइहाल्नुहुन्छ ।” वर्तमान सरकार गठन भएपछि चालू आवमा ७।१ प्रतिशतको आर्थिक वृद्धि भएको तथ्याङ्क पेश गर्दै उहाँले भन्नुभयो, “यो अवधिमा सरकारले गर्ने जति सबै काम गरेको छ । एक हजार किलोमिटर सडक कालोपत्र भएको छ । अन्य क्षेत्रमा पनि उल्लेख्य प्रगति भएका छन् ।”

वर्तमान सरकारले जनअपेक्षाअनुसार कार्यसम्पादन गर्न नसकेको भनी आलोचना गर्नुकोसमेत कुनै अर्थ नरहेको प्रधानमन्त्रीको भनाइ थियो । सरकारले राम्रा काम अगाडि बढाए पनि कानून र संस्थागत संरचना निर्माणमा व्यस्त भएकाले जनतालाई जानकारी गराउन नपाएको प्रधानमन्त्रीको प्रस्टोक्ति थियो । उहाँले भन्नुभयो, “नयाँ आर्थिक वर्षसँगै सरकार नयाँ गतिमा अगाडि बढ्छ र दशैँसम्म आलोचना समाप्त हुन्छ ।”

जनताको जनवाद तत्कालीन कार्यक्रम

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुँदा जनताको जनवादलाई तत्कालीक कार्यक्रमका रुपमा अगाडि सारिएको उल्लेख गर्नुभयो । “जनताको बहुदलीय जनवाद नेपाली समाजको समग्र परिवर्तन ल्याउने, लोकतान्त्रिक मूल्य मान्यतामा आधारित सामाजिक न्याय प्रदान गर्ने तथा समाजवादमा पुग्ने उद्देश्य र पाटा प्रस्तुत गरिएको सिद्धान्त हो”, नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो, “यही सिद्धान्तबाट नेपाली समाज अग्रगामी परिवर्तनको दिशामा अगाडि बढेको छ ।”

उहाँले विश्वभर कम्युनिष्ट आन्दोलन असफलतातर्फ गइरहेको तत्कालीन अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई समयानुकूल ढङ्गबाट अगाडि बढाउन स्व। जननेता भण्डारीले विशिष्ट योगदान गर्नुभएको बताउनुभयो । “माक्र्सवादको सही र सिर्जनात्मक प्रयोग गर्ने अध्यायका रुपमा स्व भण्डारीले जबजको विकास गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “जसले नेपालको कम्युनिष्ट आन्दोलनलाई आलोचना र विरोधको हावाहुरीबाट माथि उठ्न मद्दत गरेको थियो ।”

जननेता स्व। भण्डारी बहुआयामिक व्यक्तित्वका रुपमा रहनुभएको चर्चा गर्दै प्रधानमन्त्रीले भण्डारी नेताबाट माथि उठेको सफल नेताका रुपमा हुनुहुन्थ्यो भन्नुभयो । “स्व भण्डारी अत्यन्त प्रखर, कुशल, तार्किक हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “स्व भण्डारीको विचार, दृष्टिकोण सुनेपछि त्यसबाट प्रभावित भएर उहाँले देखाएको बाटोमा लामबद्ध हुन्थ्यो ।”

सिद्धान्तका नाउँमा गतिहीन, नक्कली सिद्धान्तलाई स्व भण्डारीले कहिल्यै पनि अङ्गीकार नगरेको स्मरण गर्दै प्रधानमन्त्रीले ठीक ढङ्गले माक्र्सवादलाई बुझ्ने र गतिशील ढङ्गबाट त्यसको व्याख्या गर्ने वक्ताका रुपमा आफूले पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group