ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज धान दिवस – किसानलाई छाडा पशु लखेट्दै ठिक्क


एबीसी न्यूज
१५ असार २०७६, आइतबार   १० : ४९   बजे


काठमाडौं, १५ असार ।   आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्नुहुन्छ, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।”

असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै तयारी गरेका छैनन् । भर्खर धानको ब्याड राखेका किसानलाई छाडा पशुका कारण ब्याड जोगाउन गाह्रो परिरहेको छ । खेतमा भेटिने हुलका हुल पशुचौपाया ब्याडमा चर्न थालेपछि टन्टलापुर घाममा किसान ब्याडको चौकीदारीमा खटिन बाध्य भएका हुन् ।

शनिबार करीब ४० डिग्रीको हाराहारीको तापक्रमको सकस सहँदै जानकी गाउँपालिका खजुराखुर्दकी किसान शाहिनु अन्सारी हातमा लठ्ठी लिएर खेतको छेउमा उभिनुभएको थियो । अन्सारीले भन्नुभयो, “एकैछिन छाड्ने हो भने पशुले सबै ब्याड खाइदिन्छन्, दिनभर चर्को घाममा पहरा दिइरहनुपरेको छ ।”

अन्सारीले ब्याड नियाल्दानियाल्दै पनि छाडा पशु ब्याडमा छिरिहाले । उहाँले अर्का ब्याड कुर्न बसेका ओम मिश्रलाई आवाज दिनुभयो, “छिटो दौड ।” मिश्र खेतमा पुगुञ्जेल गाईले अलिकति ब्याड चपाइसकेको थियो । मिश्र र अन्सारी मात्रै होइन, धेरै किसान ब्याड कुर्न दिनभरि खेतमा पुग्छन् । राति भने गाई गाउँ पस्ने भएकाले ब्याड सुरक्षित रहने अन्सारीले बताउनुभयो ।

“बिहानैदेखि एक जनाको काम नै पशुचौपाया लखेट्ने हुन्छ”, अन्सारीले भन्नुभयो । ब्याड थोरै ठाउँमा लगाइएकाले निगरानी जसोतसो गरिरहेको किसान बताउँछन् । “धान रोपेपछि नकाटुञ्जेलसम्म एकछिन खेत छाड्न मिल्दैन”, परसपुरका अर्जुन कलवार भन्नुहुन्छ, “छाडा पशुका कारण घरको काम छाडेर दिनभर खेतमा चौकीदारी गर्नुपर्ने अवस्था छ ।”

पछिल्ला वर्षदेखि बाँकेमा छाडा पशुको समस्या बढ्दै गएको छ । गाई, गोरु पाल्ने किसानले तिनको उपयोग हुन छाडेपछि खुला छाडिदिने गरेका छन् । त्योभन्दा छाडा पशु बढ्नुको अर्को कारण चाहिँ भारत पनि हो । भारतको उत्तरप्रदेश सरकारले गाई, गोरुको संरक्षण गर्दै गौबधमा रोक लगाएको छ ।

त्यसैले भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतबाट गाईगोरुका बथान आउँदा यहाँ थामिनसक्नु अवस्था हुन्छ । “सीमा खुला छ, पशुलाई रोक्ने कुरा भएन, अहिले सङ्ख्या बढ्दै जाँदा सास्ती भएको छ”, राजेन्द्र आचार्य भन्नुहुन्छ, “छाडा पशुका कारण शहरमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, गाउँमा किसानलाई खेती जोगाउन ।”

त्यसो त यस वर्षदेखि सिक्टा सिँचाइले नहरमा पानी छाड्ने भनिएको थियो, त्यो सम्भावना पनि निकै न्यून छ । “खोई कहिले आउने हो नहरमा सिक्टाको पानी”, काँदु भन्नुहुन्छ, “ब्याडमा राखेको धानको बीउ भर्खरै टुसाएको छ । असार अन्तिमतिर मात्रै रोप्नका लागि तयार हुन्छ ।” बाँकेको मुख्यबाली धान भए पनि सिँचाइको पर्याप्त सुविधा नभएपछि अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

“पानी परेपछि ब्याड राख्न र धान रोप्नका लागि खेत खनजोत गरिरहेका छौँ”, जानकी गाउँपालिका–६ का किसान बद्रुदिन यादवले भन्नुभयो । बाँकेका केही सीमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । “हामीले डिपबोरिङबाट पानी तानेर धानको ब्याड राखेका छौँ । रोप्नका लागि खेतबारी खनजोत गरिरहेका छौँ”, सीतापुरका किसान दीपक थापाले भन्नुभयो, “अब त किसानलाई फुर्सद नै हँुदैन ।”

“अहिले केन्द्रका कर्मचारीलाई समेत धानको बीउका बारेमा परामर्श दिन भ्याइनभ्याइ छ”, कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले भन्नुभयो । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान रहेको कृषि प्रसार अधिकृत ढकालले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष बाँकेमा चार मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ४६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । उहाँले भन्नुभयो, “यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुनेछ । मौसम प्रतिकूल भए साउन पहिलो सातासम्म सबै खेतमा धान रोपाइँ भइसक्नेछ ।” उहाँका अनुसार सिँचाइ सुविधा नभएका स्थानमा राखिएको ब्याड असार अन्तिमसम्म रोप्नका लागि उपयुक्त हुनेछ ।

अघिल्ला वर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नहुने किसानलाई सुझाव दिने गरेको बताउँदै कृषि प्रसार अधिकृत ढकालले भन्नुभयो, “बाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको एवं कृषि अनुसन्धान परिषद् ९नार्क०ले सिफारिस गरेका नयाँ र उन्नतजातको धान लगाउन किसानलाई सुझाव दिएका छौँ ।”

उन्नतजातका धानको बीउ रोप्दा धानमा रोग कम लाग्ने तथा वातावरण अनुकूल नभए पनि उत्पादनमा ह्रास नआउने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समय भएसँगै कृषि अनुसन्धान परिषद् ९नार्क०ले किसानलाई ब्याड राख्नु पहिले कृषि प्राविधिकसँग सम्पर्क गरेर बीउ उपचार गरेर धानको ब्याड राख्न आग्रह गरेको छ ।

नार्क खजुराका बाली वैज्ञानिक रामदास चौधरीले नयाँ जातको धानको बीउ छनोट गर्न सुझाव दिनुभएको छ । “समयमै पानी परेको र ब्याड राख्नेसमेत समय भएकाले नार्कबाट सिफारिस भएका धानका जात सुक्खा र डुबान सहनसक्ने धान प्रयोग गर्नुस्”, किसानलाई आग्रह गर्दै उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group