ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा रोपाइ महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको निकै भीड (भिडियोसहित)


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   ८ : ३६   बजे


काठमाडौं १६ असार । असार १५ धान दिवसको अवसर पारी पोखरामा रोपाइ महोत्सवको आयोजना गरिएको छ । पोखरा सवै मौसमका लागी भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यहांका पर्यटन ब्यवशायीहरुले पोखरामा असारे रोपाइ महोत्सवको आयोजना गर्दै आएका छन । पोखरामा रहेका पर्यटन व्यवशायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदको आयोजनामा यसपालि पोखरा महानगरको १७ नम्बर वडा विरुवा फांटमा १६ औ संस्करणको असारे रोपाइ महोत्सवको आयोजना गरियो ।

पछिल्लो समय आधुनिक कृषी तर्फ गइरहदा पुरानो कृषी प्रणालीको बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको निकै भीड लाग्यो ।

चार हल गोरु, बाउसे, रोपारी र खेतालाहरुले पुरानो शैलीमा धान रोप्ने र हिलोमा एक अर्कालाई हिलो छ्यापाछ्याप गर्नेको निकै भीड लाग्यो भने हिलोमा माछा समाउने, डोरी तान्ने र दौड प्रतियोगिताले महोत्सवमा उपस्थितलाई मनोरन्जन प्रदान गर्यो भने ख्यातिप्राप्त दोहोरी गायक गायिकाहरुको असारे गीत प्रस्तुतीले महोत्सवमा माहोल तताउन थप सहयोग गर्यो । महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरामा रहेका बांकी खेतफांट जोगाइ पुरानो शैलीको रोपाइबारे आम जनमानसलाई जानकारी दिन रोपाइ महोत्सव उत्कृष्ट थलो बन्ने गरेको वताए ।

महोत्सवमा भेटिएका अमेरिकी युनिभर्सिटीका विद्याथी रियाले आफुहरु युनिभर्सिटीबाट पहिलो पटक पोखरा आइपुगेको र नेपालको परम्परागत कृषी प्रणालीको बारे अध्ययन गर्दैगरेका बताइन । असार पन्ध्रको असारे महोत्सवमा सहभागी हुन पाउदा निकै खुसी लागेको वताउदै उनले अमेरिककामा रहेका विद्यार्थीलाई नेपाल बारे जान्नका लागी नेपाल भ्रमण गर्न आग्रह गर्ने वताइन ।

विशेषगरी पोखरा वर्षा यामको समय पर्यटक शुन्य हुने अफसिजनको रुपमा पर्यटन ब्यवशायीहरुले लिने गरेका छन । त्यसलाई मध्येनजर गरी विगत १५ वर्षदेखी पोखरामा विदेशी पर्यटकलाई भित्रयाउने उद्देश्यले असारको पन्ध्रमा असारे रोपाई महोत्सवको आयोजना गर्दै आइरहेको पर्यटन परिषद पोखराका पूर्व अध्यक्ष टिकाराम सापकोटा वताउछन । परम्परागत कृषी प्रणालीको बारेमा विदेशी पर्यटकलाई जानकारी दिन र विदेशी पर्यटन भित्रयाउनका लागी यो महोत्सवले निकै भुमिका खेलेको सापकोटाको भनाइ रहेको छ ।

यसरी अफसिजनमा सञ्चालन हुदै आइरहेको रोपाइ महोत्सवलाई नेपाल पर्यटन वोर्डले समेत सहयोग गर्दै आइरहेको पर्यटन वोर्ड पोखराका प्रमुख मणि लामिछानेले वताए । परम्परागत कृषी शैली नअपनाइ आधुनिक कृषी तर्फ उन्मुख भइरहदा साना बालवालिका जो स्कुलमा अध्ययनरत रहेका र विदेशी पर्यटकहरुलाई समेत यसको बारेमा जानकारी दिनका लागी यस्ता असारे रोपाई महोत्सवले ठूलो भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।

पोखराका पर्यटन ब्यवशायीहरुले यसरी अफसिजन भनेर असारे रोपाइ महोत्सवको आयोजना गरिरहदा त्यही पर्यटन ब्यवशायीहरुले यसअगाडि महोत्सव गरेका फांटहरुमा कंक्रिट भवनहरु निर्माण भइरहेका छन । त्यसैले यस्ता फांटहरुलाई जोगाएर कृषीलाई जोड दिन समेत यस्ता महोत्सवहरुले ध्यान दिन जरुरी देखिन्छ ।

https://www.facebook.com/abctelevision/videos/870940483278966/

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group