काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र तथा तत्कालीन नेकपा (माओवादी) का नेता प्रकाश दाहालको ३८औं जन्मजयन्ती मनाइने भएको छ ।
प्रकाश दाहाल प्रतिष्ठानको आयोजनामा काठमाडौंको राष्ट्रिय सभागृहमा जन्मजयन्ती मनाउन लागिएको हो । कार्यक्रम असार १७ गते तय भएको प्रतिष्ठानले जनाएको छ ।
प्रचण्डको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेकपाका नेताहरु अतिथिका रुपमा रहने प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्