ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी विमान सेनाले उडाउन सक्छ भने वायुसेवा निगमले किन सक्दैन ? – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   १२ : १७   बजे


काठमाडौं , १६ असार । आज नेपाल वायु सेवा निगमले आफ्नो ६१ औँ वार्षिक उत्सव मनाएको छ ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम झण्डै ३७ अर्ब घाटामा छ । लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन ।

निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद कोइरालाले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव गर्नुभएको छ। निगमको वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाले प्रधानमन्त्रीकै सामु यो प्रस्ताव राख्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उहाको प्रस्ताव अस्वीकार मात्र गर्नुभएन कडा प्रश्न पनि गर्नुभएको छ । ‘काम लाग्दैन भनेर सेनालाई दिउँ भनेको हो भने सेना कबाडी खाना हो ? काम नलाग्ने भएर दिउँ भनेको हो भने सेना बञ्चरेडाँडा हो ?’
सेनालाई दिँदा उसले चलाउन सक्ने भएपछि के तर्कका आधारमा सेनालाई दिने ? प्रधानमन्त्री ओलीले भन्न्ु भयो, ‘पाइलट नभएर कि ? जङ्गी पोशाकमा मात्र उड्छ कि ?’ सेनाले उडाउन सक्छ भने वायुसेवा निगमले किन सक्दैन ? प्रधानमन्त्री भन्नुभयो ‘सुरक्षित छैन भने किन दिनुहुन्छ ? छ भने आफैं किन चलाउनु हुन्न र?’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu