काठमाडौं , १६ असार । आज नेपाल वायु सेवा निगमले आफ्नो ६१ औँ वार्षिक उत्सव मनाएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम झण्डै ३७ अर्ब घाटामा छ । लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन ।
निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद कोइरालाले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव गर्नुभएको छ। निगमको वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाले प्रधानमन्त्रीकै सामु यो प्रस्ताव राख्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उहाको प्रस्ताव अस्वीकार मात्र गर्नुभएन कडा प्रश्न पनि गर्नुभएको छ । ‘काम लाग्दैन भनेर सेनालाई दिउँ भनेको हो भने सेना कबाडी खाना हो ? काम नलाग्ने भएर दिउँ भनेको हो भने सेना बञ्चरेडाँडा हो ?’
सेनालाई दिँदा उसले चलाउन सक्ने भएपछि के तर्कका आधारमा सेनालाई दिने ? प्रधानमन्त्री ओलीले भन्न्ु भयो, ‘पाइलट नभएर कि ? जङ्गी पोशाकमा मात्र उड्छ कि ?’ सेनाले उडाउन सक्छ भने वायुसेवा निगमले किन सक्दैन ? प्रधानमन्त्री भन्नुभयो ‘सुरक्षित छैन भने किन दिनुहुन्छ ? छ भने आफैं किन चलाउनु हुन्न र?’
प्रतिक्रिया दिनुहोस्