ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिर्गौलापीडितको आत्मविश्वास जगाउन अभियान सञ्चालन


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   १ : २५   बजे

 

काठमाडौं , १६ असार । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखान नै छ । जसलाई पीडा परेको हुन्छ, उसैले मात्र भोगेको हुन्छ । पीडा अरूले अनुभूति गर्न सक्ने विषय होइन् । तर म्याग्दीका एक युवाले आफ्नो दुवै मिर्गौला खराब भएपछि भोगेको दुःखलाई बुझ्दै अहिले मिर्गौला पीडितको सहयोग र आत्मविश्वास जगाउने अभियानमा सक्रिय हुनुहुन्छ ।

आफूलाई अचानो सम्झिएर दुवै मिर्गौला खराब भएपछि जीवन मरणको दोसाधमा पुगेका म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका डकबहादुर रोका अहिले मिर्गौला पीडितको उपचारमा आर्थिक सङ्कलन अभियान सञ्चालन गर्नुका साथै बिरामी र परिवारलाई आत्मविश्वास एव्म हौसला प्रदान गर्ने गरेका छन् ।

आधादशक अगाडि ब्लड प्रेसरका कारण दुवै मिर्गौला खराब र कमलपित्त रोगबाट ग्रसित भएपछि एक वर्षसम्म अस्पतालमा बिताउनुभएका रोकाको उपचारमै करीब रु ४० लाख खर्च भयो । आफ्नै आमाले मिर्गौला दिएपछि पुरानै दैनिकीमा फर्किएका रोकाले मिर्गौलापीडितलाई आर्थिक सहयोग तथा नयाँ जीवनका लागि आत्मविश्वास जगाउने कार्यमा सक्रिय हुनुहुन्छ ।

बेनी नगरपालिका– २ बगरफाँटस्थित बुद्ध एकेडेमीमा कम्युटर शिक्षक रहेका रोकाले जिल्लाकै मङ्गला गाउँपालिका–५ अर्मनका मिर्गौलापीडित सुरेश छन्त्याल बचाउ अभियानको नेतृत्व गर्दै करीब रु २५ लाख सङ्कलन गरेका थिए । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका छन्त्यालसँगै शुक्रबार मालिका गाउँपालिका–३ रुमका मानबहादुर पटेललाई समेत आर्थिक सहयोग जुटाउने अभियानको नेतृत्व गर्नुभएको छ । उहाँले विद्यालयको समयबाहेक आवश्यकताअनुसार मिर्गौला खराबीबाट चिन्तित भएका बिरामीलाई प्रत्यक्ष भेटेर र अन्य माध्यमबाट समेत परामर्श दिने गर्नुभएको छ ।

‘म पलपल मरेर बाँचेको मान्छे हुँ, मृत्युलाई नजिकबाट पन्छाएर नयाँ जन्म लिएजस्तै अन्य विरामीलाई पनि ऊर्जा थप्ने प्रयासमा छु’, रोकाले भन्नुभयो । उहाँले आर्थिक अभावकै कारण उपचारबाट बञ्चित भएकाको उपचारमा आर्थिक सहयोगसमेत गर्ने गरेको बताउनुभयो । उहाँले मिर्गौैलापीडित भन्दा पनि उनका श्रीमती र आमाबुबाको पीडामा धेरै समय खर्चने गरेको बताउनुभयो । “यो रोगले आर्थिकरुपमै उठिबास बनाउँछ, विपन्न परिवारका रोगीले उपचार नै गर्न सक्दैनन्”, रोकाले भन्नुभयो ।

छोराको दुवै मिर्गौलामा खराबी देखिएपछि सहयोग जुटाउन बेनीमा आएकी चन्द्रकुमारी पटेललाई आर्थिक सहयोग तथा उपचारका बारेमा जानकारी गराउँदै मिर्गौला खराबीबाट सबैभन्दा चिन्तित जन्मदिने आमा नै भएकाले सहयोग तथा मिर्गौला दान दिएर आमाले दोस्रो जन्मदिएको आफ्नो अनुभव सुनाउनुभयो ।

पटेलको मिर्गौलासमेत छोरालाई प्रत्यारोपणका लागि म्याच भएपछि थप स्वास्थ्य समस्या र भविश्यमा काम गर्नसक्ने अवस्थाका बारेमा समेत जिज्ञासा राखेकी थिइन् । रोग लाग्न जीवन सकिने जस्तो लाग्छ, आत्मविश्वास र सहयोगले रोगलाई पन्छाउन सकिन्छ पटेललाई सम्झाउँदै रोकाले भन्नुभयो । उहाँले मिर्गौला रोगीलाई समेत घण्टौँसम्म सम्झाउने गरेका छन् । रोगलाई जित्ने औषधि दिनुहुन्छ, त्यही औषधिले पनि धेरै बाँच्न सकिन्छ जस्तो लाग्छ मिर्गौलापीडित पटेलले अनुभव सुनाउनुभयो ।

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत भइरहेका मिर्गौला पीडितको उपचारमा रोकालाई नै जिम्मा दिएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँबाट बिरामीलाई पनि उत्साह थपिएको छ । “भोगेको पीडा सुनाउँदा बिरामीलाई पनि औषधि बनेको छ”, शाक्यले भन्नुभयो ।

आर्थिक विपन्नताका कारण समस्या झेलेका सर्वसाधारणको उपचारमा सक्रिय कोषले हालसम्म १३५ जनालाई आर्थिक सहयोग जुटाएको छ । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मिर्गौला, हाडजोर्नी, आँखा, नशालगायत विभिन्न किसिमका रोगको उपचारमा सहयोग भइरहेको छ ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाइपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन शुरू भएको अभियानका क्रममा निधन भएपछि ओमकुमारीको नाममा सो कोष स्थापना गरिएको हो । कोषले आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका म्याग्देलीलाई आर्थिक सहयोग जुटाइरहेको छ । कोषले मिर्गौलापीडित छन्त्याल र पटेललाई सहयोग जुटाइरहेको पनि छ ।

जनचेतनामूलक कार्यक्रम

साइलेन्स किलरका रुपमा चिनिएको मिर्गौला रोगका बारेमा रोकाले विद्यालय तथा अन्य सङ्घसंस्थाले गरेका कार्यक्रममा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् ।

विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म मिर्गौला रोगबाट जोगिने अभियानलाई प्रभावकारी बनाउन सकिने रोकाको भनाइ छ । गलत खानपान तथा औषधिको साइड इफेक्टका कारण मिर्गौला खराबी हुने गरेको छन् । विपन्न र जनचेतना अभावका कारण पीडित अधिकांशको घरदैलोमा गएर उहाँले जनचेतना फैलाउँदै आएको छ ।

हरेक मिर्गौलापीडित उपचारपछि समान्य भएर निस्कन्छन् । “मिर्गौला रोग लाग्नबाट जोगिन सक्ने चिकित्सकले दिने परामर्शलाई मैले पनि दिनसक्छु”, उहाँले भन्नुभयो । जिल्लाभित्रका सबै निजी तथा सरकारी विद्यालयका विद्यार्थीलाई अभियानमा जोड्ने, अभिभावकलाई समेत यसमा सहभागी बनाउन सके समाजमा मिर्गौला रोगीको सङ्ख्यामा उल्लेखनीय कमी ल्याउन सकिने रोकाको भनाइ छ ।

सडक तथा तालिमगोष्ठीमा प्रशस्तै पैसा खन्याउने जनप्रतिनिधिले समेत अति जटिल रोगबाट जनतालाई जोगाउने कार्यक्रममा ध्यान नदिएको उहाँको गुनासो छ । बदलिँदो जीवनशैली, खानपान, मोटोपनलेसमेत रोगीको सङ्ख्या थपिँदै गरेको रोकाले बताउनुभयो । मिर्गौला रोगको पहिचान, रोकथाम र उपचारमा अभियान सञ्चालन गर्दा आर्थिक तथा पारिवारिक समस्याले समाज नै अस्तब्यस्त भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group