ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसइई उत्तीर्ण भन्छन्– प्राविधिक क्षेत्रमा जान विज्ञान पढ्छु


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   १ : ५१   बजे

 

काठमाडौं , १६ असार । एसइईको नतिजा सार्वजनिक भएसँगै यतिखेर प्राप्त जिपिएका आधारमा विद्यार्थीले कुन विषय पढ्ने भन्ने धारणा बनाउन थालेका छन् ।

शैक्षिक यात्रामा फलामे ढोकाका रुपमा लिने गरिएको एसइईमा प्राप्त नतिजाले सामान्यतः जो कोहीको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा दुई मत छैन । यसैको जगमा टेकेर अभिभावकले पनि आफ्ना बालबच्चाको शैक्षिक उन्नयनका लागि गरिने लगानी तय गर्ने गर्दछन् ।

सरकारले विगतमा कक्षा १० सम्मलाई विद्यालय शिक्षा मानी उक्त कक्षा उत्तीर्ण गरेपछि एसएलसी परीक्षा लिने गर्दथ्यो । तर पछिल्ला केही वर्षयता भने विद्यालय शिक्षा बढाएर कक्षा ११ र १२ सम्म कायम गरी कक्षा १० पछि एसइई परीक्षा लिन थालियो ।

यसअघि अङ्क र प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिन्थ्यो भने हाल आएर प्राप्त जिपिएका कारण अक्षराङ्कन प्रणाली लागू गरिएको छ । अक्षराङ्कनअनुसार ‘ए’ र ‘ए प्लस’ ल्याउने अधिकांश विद्यार्थीको रोजाइ विज्ञान विषय भएको छ ।

विज्ञान अध्ययन गरेसँगै कक्षा ११ र १२ उत्तीर्ण गरेपछि जुनसूकै क्षेत्रमा जान सकिने भएकाले उक्त विषय विद्यार्थीको रोजाइमा पर्ने गरेको हो । पछिल्लो समयमा उच्च शिक्षामा प्राविधिक विषयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख गङ्गा गुरुङले बताउनुभयो ।

उहाँका अनुसार विज्ञान विषय पढेपछि डाक्टर, इञ्जिनीयरलगायतका प्राविधिक विषयका साथै अन्य सबै क्षेत्रमा अध्ययनको बाटो खुल्ने भएकाले पनि यसतर्फको आकर्षण बढेको हो । एसइई नतिजाको प्राप्त तथ्याङ्कले निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिए पनि केही सामुदायिक विद्यालयमा भने विद्यार्थीले राम्रो नतिजा हासिल गरेका छन् ।

कास्कीको सरस्वती टीका माध्यमिक विद्यालय भरतपोखरीका विद्यार्थी सुकृतप्रसाद तिवारीले यस वर्षको एसइई परीक्षामा ३।८५ जिपिए प्राप्त गर्नुभएको छ । उहाँसँगै विद्यालयबाट आठ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भए भने ३० जना विद्यार्थीले ए ल्याएका छन् ।

विद्यालयबाट उत्कृष्ट जिपिए ल्याएका तिवारीले काठमाडौँमा विज्ञान विषयमा कक्षा ११ र १२ पढ्ने गरी आफ्नो तयारी थालिसक्नुभएको छ । सामुदायिक विद्यालयतर्फ सीमित साधनस्रोत र पारिवारिक अवस्था सामान्य हुनुका बाबजुत पनि केही विद्यार्थीले ल्याएको नतिजा सन्तोषप्रद छ नै, अरुका लागि पनि अनुकरणीय बनेको छ । कास्कीकै अन्नपूर्ण गाउँपालिका लुम्ले चन्द्रकोटस्थित सङ्गम माविकी सुस्मिता देवकोटाले ३।३ जिपिए ल्याउनुभएको छ ।

सामान्य परिवार र विद्यालयको अत्यन्त सीमित साधनस्रोतका कारण पनि देवकोटाले ल्याएको नतिजा यस क्षेत्रकै लागि उत्साहप्रद एवं प्रेरणादायी रहेको स्थानीय सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताउनुभयो ।

भविष्यमा डाक्टर बन्ने सपना देखेकी सुस्मिताले कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढ्न लागेको धारणा राख्नुभयो । “कक्षा ११ र १२ सकेपछि एमबिबिएस पढी डाक्टर बन्ने धोको छ,” उहाँले भन्नुभयो, “पछि एमबिबिएस पढ्न सजिलो हुने भएकाले विज्ञान विषय लिएर पढ्ने सोच बनाएकी छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu