ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा वैज्ञानिकले मागे प्रदेश सरकारसंग रिसर्चसेन्टर


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   ४ : ५९   बजे

 

जनकपुरधाम , १६ असार ।  म्याकेनिकल इन्जिनियरिंग अध्ययनरत युवाहरुले मानवरहित यन्त्रहरु बनाएका छन । उनीहरुले बनाएका मानव रहित यन्त्रहरुले ट्राफिक कन्ट्रोल सिस्टम, तापक्रम पत्ता लगाउने, माटोको प्रकार पत्ता लगाउने, सवारी साधनलाई दुर्घटनाबाट बचाउने लगायतका कामहरु गर्नेछन । टेक्नोमाइन्ड रोबोटिक्स क्लव र द रोबो क्रियु नामक संस्थामा आवद्ध रहेका म्याकेनिकल इन्जिनियरिंगमा अध्ययनरत आधा दर्जन युवाहरुले मिलेर ती यन्त्रहरुको निर्माण गरेका छन ।

दीपक साह नामक युवाको नेतृत्वमा रहेको सो टोलीमा शाहील गुप्ता, सशांक कर्ण, सुभाष शर्मा, जितेन्द्र शर्मा र शेखर कुमार लगायतका युवाहरु आवद्ध छन । उनीहरु सबै म्याकेनिकल इन्जिनियरिंग पढिरहेका छन । ती युवाहरुले म्यानुअल ट्राफिक कन्ट्रोल सिस्टम,अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल, मार्स रोबोट,अब्स्टेकल रोबोट, लाइन फोलोइंग रोबोट लगायतका यन्त्रहरु बनाएका छन । अटोमेटिक ट्राफिक लाइट कन्ट्रोलले कुनैपनि मानवीय सहयोग बिना ट्राफिक लाइटहरुलाई नियन्त्रण गर्न सकिने छ । उनीहरुले निर्माण गरेको अब्स्टेकल रोबोटबाट सडकमा गुडिरहेको सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सकिन्छ । त्यो रोबोट सवारी साधनमा जडान गरिए अगाडी रहेको बाधालाई २० सेन्टिमिटर अगाडी नै पहिचान गरेर सवारी साधनलाई बाटो परिवर्तन गर्न सक्ने बनाउन सकिन्छ ।

त्यस्तै मार्स रोबोटले मानव जान नसक्ने स्थानमा पुगेर त्यहाँको वस्तु स्थिति, त्यहाँको वातावरण, माटो पानी आदीको विषयमा जानकारी संकलन गर्न सहयोग गर्न सकिनेछ । नासाले मार्समा पठाएको क्युरोसिटि रोबोटबाट प्रेरित भएर ती युवाहरुले यस रोबोटको निर्माण गरेका हुन । यो रोबोट निर्माण गरेका शाहील गुप्ताले यस रोबोटलाई पृथ्वीको पनि मानव जान नसक्ने स्थानमा पठाउन सकिने बताए ।
सरकारसँग सहयोगका लागि आग्रह

मानव रहित यन्त्र निर्माण गरेका ती युवाहरुले जनकपुरधाममा एउटा रिसर्च सेन्टरको स्थापना गर्न सरकारसँग माग गरेका छन । उनीहरुले बनाएका ती यन्त्रहरुको परिक्षणका लागि आयोजित कार्यक्रममा सरकारी सहयोग भए अन्य युवाहरु पनि लाभान्वित हुने भएकोले रिसर्च सेन्टरको स्थापना गर्न माग गरेका हुन । ती युवाहरुको नेतृत्वकर्ता दीपक साहले मिथिला रिसर्च सेन्टरको नाममा जनकपुरधाममा संस्था स्थापना गरिए हामीहरुलाई अन्य अविष्कारहरुका लागि सहयोग पुग्ने बताए ।

उनले हामीले सरकारी सहयोग पायौँ भने जनकपुरधाममै अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल कम लागतमै जडान गर्न सक्ने बताए । उनले ५ लाखको लागतमा कुनै एक स्थानमा यो प्रणाली जडान गर्न सक्छौँ बताए । जसमा सिसिटिभी क्यामेरा समेत आफै जडान गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu