बझाङ , १६ असार । बझाङको वित्थडचिर गाउँपालिका–५ ओसैलमा सोमबार बालुवा खानी भत्केर एक महिलाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।बालुवा खानी भत्किँदा वित्थडचिर गाउँपालिका–५ ओसैलकी ३५ वर्षीया चाखुडी महरको ज्यान गएको गाँउपालिका अध्यक्ष प्रेमबहादुर बोहराले बताए ।
घटनामा सोही वडाका ३० वर्षीया गम्भा महर, ३६ वर्षकी कुटुरी महर र २८ वर्षका हरिभान महर गम्भीर घाइते भएको वित्थड प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक धनञ्जय जोशीले जानकारी दिए ।बझाङको वित्थडचिर गाउँपालिका वडा नँ ५ को स्वास्थ्य चौकीको भवनको निर्माणका लागि मजदुरी काम गरिरहेका उनीहरुको बालुवा निकाल्ने क्रममा माथिबाट खसेर वालुवाको ढिस्कोले पुरिएका हुन् ।
घटना लगतै स्थानीयवासीहरुले देखेपछि हतारमा तीन जनाको उद्घार गरेका थिए भने एक जनालाई छिटो निकाल्न नसक्दा ज्यान गएको हो । गम्भीर घाइते तीनै जनालाई स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात नेपालगञ्ज रिफर गर्ने तयारी भएको गाँउपालिकाका अध्यक्ष बोहाराले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्