रौतहट १६ असार । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–३ देवाहिटोलमा हावाहुरीबाट एक वृद्धाको ज्यान गएको छ ।
आज मंगलबार बिहान आएको हावाहुरीबाट ६६ वर्षीया रमसखरीया देवीरामको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बन्द्र पौडेलले जनाएका छ्न । उहाँका अनुसार घरको छानो उडाएको र त्यसैले च्यापेर उनको ज्यान गएको थियो ।
हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन भने रुखहरु ढलेका छन।
प्रतिक्रिया दिनुहोस्