ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   ७ : १९   बजे

 

काठमाडौं , १६ असार । प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज दिउँसो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवा शुभारम्भ गर्नुभएको हो ।

टेलिफोन सन्देशमा मुख्यमन्त्री शाहीले कर्णाली सरकारले अघि सारेको डिजिटल प्रदेशको कार्ययोजनालाई पूरा गर्न यो सेवाले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “टेलिकमको सेवालाई प्रभावकारी बनाई सहुलियत दरमा नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिनुभयो”, मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दैै कानूनमन्त्री भण्डारीले भन्नुभयो, “हरेक नागरिकलाई सूचना प्रविधिको पहुँचमा जोड्न प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढाइरहेको छ ।”

टेलिकमले वीरेन्द्रनगरमा पहिलो पटक तारसहितको फाइबर टू होम सेवा विस्तार गरेको हो । टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रबन्धक प्रकाशमान प्रधानले आठ एमविपिएससहित इन्टरनेट सेवा र टेलिफोनको वार्षिक रु आठ हजार शुल्क रहेको जानकारी दिनुभयो । उहाँका अनुसार फाइबर टू होम सेवा व्यक्तिगत, व्यवसायी र कार्यालय प्रयोजनका लागि छुट्टाछुट्टै गतिका विभिन्न एमविपिएसमा उपलब्ध गराइनेछ ।

टेलिकमले निकट भविष्यमै दैलेख सदरमुकाममा पनि फाइबर टू होम सेवा विस्तार गर्ने जनाएको छ । क्षेत्रीय प्रबन्धक प्रधानले सुर्खेतमा ताररहितको फोरजी सेवा पनि छिट्टै सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group