ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुुलुकभर नौ लाख २३ हजार प्रतिष्ठान सञ्चालनमा


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   ८ : ३७   बजे

 

काठमाडौं , १६ असार । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा आज सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार लाख ६० हजार ४२२ दर्ता नभएका र दर्ता स्थिति नखुलेका ३२९ प्रतिष्ठान रहेको विभागले जनाएको छ ।

प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति सङ्ख्या ३२ लाख २८ हजार ४५७ रहेका छन । त्यसमध्ये पुरुष ६२।३ प्रतिशत र महिला ३७।७ प्रतिशत रहेको विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले बताउनुभयो । आर्थिक तथ्याङ्कको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था आदि जस्ता प्रतिष्ठान ९आर्थिक एकाइ० को विवरण सङ्कलन गर्ने उद्देश्यले विभागले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गतेसम्म गणनाको तथ्याङ्क सङ्कलन गरेको थियो ।

विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालय स्थापना गरी आर्थिक गणना तथ्याङ्क सङ्कलन कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । देशमा आर्थिक तथ्याङ्कको आधार खडा गर्नु यस गणनाको मुलभूत लक्ष्य रहेको हो भने केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्याङ्क उपलब्ध गराउनु गणनाको मुख्य उद्देश्य हो ।

गणनामा उल्लेखित क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानको ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, पूँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औसत मासिक बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलब ज्याला खर्च आदिसम्बन्धी विवरण सङ्कलन गरिएका थिए । आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्यका लागि जिल्ला व्यवस्थापन कर्मचारी, सुपरिवेक्षक, गणकसहित करीब चार हजार ५०० गणना कर्मचारी संलग्न रहेका थिए ।

सरकारले आफ्नै स्रोत साधनमा आर्थिक गणना २०७५ का कार्यक्रम सञ्चालन गरेको थियो । तर यस आर्थिक गणना सञ्चालन गर्न क्षमता विकासका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोग रहेको छ । गणनामा सबै आर्थिक क्रियाकलापका अन्तर्राष्ट्रियस्तरको औद्योगिक वर्गीकरणमा उल्लेख भएअनुसारका नेपालमा सञ्चालन भएका वा क्रियाशिल विभिन्न १८ क्षेत्रका प्रतिष्ठान समावेश छन् ।

कार्यक्रममा उपमहानिर्देशक हेमराज रेग्मीले नतिजासम्बन्धी प्रस्तुति गर्नुभएको थियो । सबैभन्दा बढी चार लाख ९८ हजार ६९ वटा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रका २०७ प्रतिष्ठान रहेका उपमहानिर्देशक रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै सबैभन्दा बढी जनशक्ति पनि थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठानमा नौ लाख ८८ हजार ३४६ सक्रिय रुपमा संलग्न छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रमा प्रतिष्ठानमा एक हजार ९७७ जनशक्ति संलग्न छन् । प्रदेशअनुसार सबैभन्दा बढी प्रतिष्ठान प्रदेश नं ३ मा दुई लाख ८२ हजार ९२० छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८०७ प्रतिष्ठान छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले गणनाको नतिजा सार्वजनिक गर्नुभएको थियो । विभागले समय समयमा विभिन्न गणना, सर्वेक्षण तथा अन्य श्रोतबाट तथ्याङ्क सङ्कलन गरी नतिजा प्र्र्रयोगकर्ता समक्ष पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group