ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारका सकारात्मक कामलाई जनतामाझ लैजानुस्– प्रधानमन्त्री ओली


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   ८ : ४५   बजे

 

काठमाडौं , १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका सकारात्मक काम कारवाहीलाई जनताका माझमा लैजान सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलको बैठकलाई आज सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सम्बोधन गर्दै उहाँले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहेको भए पनि जनताका बीचमा पुग्न नसकेको भन्दै प्रभावकारी रुपमा प्रचार गर्न निर्देशन दिनुभएको हो । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारका काम कारवाही, आगामी आर्थिक वर्षको बजेट, सरकारले सदनमा प्रस्तुत गरेको विभिन्न विधेयकका सम्बन्धमा सांसदहरुलाई जानकारी गराउनुभएको थियो ।

इतिहासले वर्तमान सरकार र नेकपालाई ऐतिहासिक र महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्रीले उक्त जिम्मेवारी पूरा गरेरै छाडिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले सांसदहरुलाई स्पष्ट दृष्टिकोणका साथ सदनमा प्रस्तुत हुन आग्रह गर्दैै विगतमा केही कमीकमजोरी भएका भए त्यसलाई आगामी दिनमा सुधार गरेर जाने विश्वास दिलाउनुभयो ।

सरकार आफ्नो गतिमा स्पष्ट रहेको र थोरै समयमा गर्नुपर्ने जति काम अगाडि बढाइएको जानकारी दिँदै विरोधका लागि विरोध गर्ने प्रवृत्तिले गलत मात्रै देख्ने भएकाले त्यसप्रति सचेत हुन उहाँले आग्रह गर्नुभयो । विकास निर्माणको कामसमेत प्रभावकारी रुपमा अगाडि बढेको भन्दै प्रधानमन्त्रीले भौतिक पूर्वाधार, सडक निर्माणमा उल्लेख्य प्रगति भएको भन्दै आगामी वर्ष झन् नयाँ नयाँ उपलब्धि देखिने बताउनुभयो ।

उहाँले सरकारले आवश्यकताका आधारमा केही विधेयक प्रस्तुत गरेकाले विषयवस्तुमा रहेर छलफल गर्न र सच्याउने ठाउँ भएको अवस्थामा त्यसलाई सच्याइने भएकाले सोही अनुसार प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराउनुभयो । संसदीय दल, सांसद र शीर्ष नेतृत्वबीच अन्तरक्रिया गर्ने तथा पछिल्ला दिनमा सरकार, संसद्मा र संसद्बाहिर उठेका विषयवस्तुमा प्रस्ट पार्ने ध्येयका साथ आज प्रतिनिधि र राष्ट्रियसभामा रहेका नेकपाका सांसदहरुसँग अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको बाँकी काम यसै महीनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको समेत जानकारी दिनुभयो । प्रधानमन्त्रीले जनताको भरोसा टुट्न नदिन पार्टी एकताबद्ध हुनुको विकल्प नभएको स्पष्ट पार्नुभयो । “हामीप्रति जनताको ठूलो भरोसा छ । त्यसलाई टुट्न दिनु हँुदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसका लागि हामी सबैले जो जहाँ छौँ त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।”

बैठकपछि नेता गुरुङले भन्नुभयो, “सरकारको काम कारवाही, पार्टी एकताका बाँकी काम र विचाराधीन विभिन्न विधेयक एवम् शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा आजको बैठकमा महत्वपूर्ण छलफल भयो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group