काठमाडौं, १७ असार । बझाङको केदार स्यू गाउँपालिकाको देउराको अरुण होटलमा सुतीरहेका मष्टा गाउँपालिका १ डुग्रीका पवन रोकायाको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सोमबार राति रोकायाको कानमा सर्पले टोकेको थियो र रोकायालाई रातिनै उपचारको लागि जिल्ला अस्पताल सिमेतमा ल्याएको भए पनी उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केशिले बताए
प्रतिक्रिया दिनुहोस्