ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाइजो प्रथा रोक्नका लागि कार्यक्रम ल्याउन सुझाव, वानर आतङ्क रोक्न माग


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   २ : ३५   बजे

 

काठमाडौं, १७ असार । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत छ मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल भएको छ । ती मन्त्रालयमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिला छन् ।

छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले नयाँ बजेटले समृद्ध नेपालतर्फ लम्किन खाका कोरेको बताउँदै कार्यान्वयनमा उतार्न जोड दिनुभएको थियो भने प्रतिपक्षका सांसदले बजेट कार्यान्वयनमुखी नभएको टिप्पणी गर्नुभएको थियो ।

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले विनियोजन विधेयकअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सङ्घीयता कार्यान्वयन गर्न बजेटले सहयोग गर्दैन बरु आर्थिक अराजकता सिर्जना गर्न खोजेको छ भन्नुभयो ।

सोही दलका मुक्ताकुमारी यादवले विनियोजन विधेयकअन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै रोपाइँका समयमा सरकारले मलखाद सहज उपलब्ध गराउन नसकेको बताउनुभयो ।

काँग्रेसकै अनिता देवकोटाले कृषि नीति असफल रहेको बताउँदै कृषिलाई व्यावसायिकीकरण गर्न, कृषिमा बजेट वृद्धि गर्न, खेतीयोग्य जमीनको संरक्षण गर्न र कृषिलाई औद्योगिक पेशासित जोड्न सुझाव दिनुभयो । उहाँले विनियोजित विधेयकअन्तर्गत मन्त्रालयको छलफल हुँदा सम्बन्धित मन्त्रालयका मन्त्री बैठकमा किन उपस्थित हुनु भएन भन्ने प्रश्न गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुमनराज प्याकुरेलले सरकारले सामाजिक सुरक्षा र चुरे संरक्षणमा विशेष जोड दिई रकमसमेत वृद्धि गरेकामा सबैले धन्यवाद दिनुपर्छ भन्दै बजेट कार्यान्वयनमुखी रहेको बताउनुभयो ।

नेकपाकै कोमल ओलीले अस्तव्यस्त वन व्यवस्थापनमा ध्यान दिन, वन विधेयक सच्याएर मात्र ल्याउन र तराई÷मधेशमा विकृतिका रुपमा रहेको दाइजो प्रथा रोक्नका लागि कार्यक्रम ल्याउन सुझाव दिँदै खानेपानीको मुहान संरक्षण गर्न र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई आगामी दिनमा प्रभावकारी बनाउन जोड दिनुभयो । सोही दलका कविता बोगटीले वन तथा वातावरण संरक्षणमा विशेष नीति ल्याउन र औद्योगिक विकासमा थप लगानी गर्न सुझाव दिनुभयो । नेकपाकै राजकुमार कुँवरले राष्ट्रिय अपाङ्ग कोषमा कम रकम विनियोजित हुँदा अपाङ्गता भएका व्यक्तिलाई असर पुगेको तर्फ मन्त्रालयलाई समयमै ध्यान दिन आग्रह गर्नुभयो ।

सोही दलका खिमकुमार विश्वकर्माले महिला मन्त्रालयको बजेट वृद्धि गर्न र वन संरक्षणमा छोटो समयमा राम्रो काम गरेको सामुदायिक वन उपभोक्ता समूहको भूमिकालाई अगामी दिनमा नयाँ ढङ्गले सोच्न आग्रह गर्दै पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न वनमा बाँदरलाई खानयोग्य वस्तु नलगाउन र कर्मचारी समायोजनमा पक्षपात नगर्नका लागि ध्यान दिन माग गर्नुभयो । नेकपाकी मीना बुढाले रोल्पा जिल्लामा ३२ सडक योजना नयाँ बजेटमा समावेश भएकामा सरकारलाई धन्यवाद दिँदै बजेट कार्यान्वयनमा ध्यान दिन सुझाव दिनुभयो ।

सोही दलका बलरामप्रसाद बाँस्कोटाले कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन नयाँ रणनीति आवश्यक रहेकामा जोड दिँदै कृषि क्षेत्रमा सरकारी लगानी दोब्बर गरी युवा वर्गलाई आकर्षण गर्न जरुरी छ भन्नुभयो ।राष्ट्रिय जनता पार्टीका वृषेशचन्द्र लालले कृषिप्रधान देशमा कृषिलाई कम रकम विनियोजन भएकामा आपत्ति जनाउनुभयो ।

कृषिमा दिइने अनुदानमा वृद्धि गर्न र तराई मधेशका जिल्लालाई माछा मुख्य क्षेत्र घोषणा गर्न सुझाव दिँदै साझेदारी वन प्रवद्र्धन गर्न किन कार्यक्रम आएन भन्ने प्रश्न गर्नुभयो । समाजवादी पार्टी नेपालका रामप्रीत पासवानले सङ्घीयतालाई कमजोर पार्ने दृष्टिकोणबाट नयाँ बजेट आएको टिप्पणी गर्दै तराई/मधेशमा कृषिको विकासमा बजेटले ध्यान नदिएको भनी गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group