ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकार्यको नमूना– कोही पाटनमा कोही खेतबारीमा


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ३ : २३   बजे

 

काठमाडौं, १७ असार । मकै रोपेर जाजरकोटका पशुपालक कृषक पाटनमा व्यस्त छन् । भँैसी, गोरु, बाख्रा, भेडा र घोडा लिएर उनीहरु जाजरकोट र जुम्लाको सिमाना रहेको चौथारी पाटनमा व्यस्त छन् ।

दुहुना भैँसीबाट उत्पादन हुने दूध, घ्यू, दही जुम्लाका विभिन्न गाउँमा लिएर बिक्री गरी राम्रो कमाईसमेत हुने गरेको बारेकोट गाउँपालिका–५ का खड्क शाहीले जानकारी दिनुभयो । घरमा खेती किसानी गर्ने केही मानिस मात्र बसेर पशुपालन गर्न बढी स्थानीयवासी पाटनमा लागेका हुन् ।

त्यस्तै नलगाड नगरपालिका–८ का रामबहादुर बस्नेत डोल्पाको साइकुवारी पाटनमा छन् । यार्सागुम्बा सङ्कलन र यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणलाई दूध, दही बिक्री गरेर राम्रो आम्दानी हुने भएपछि आठ वर्षदेखि त्यहाँ जाने गरेको बस्नेतको भनाइ छ । जाजरकोटका तल्लो क्षेत्रमा चरिचरन नहुने र गर्मी हुने भएपछि सबै पशुपालक किसान पाटनतिर जाने गरेको उहाँले बताउनुभयो ।

वैशाखको अन्तिममा गएका पशुपालक किसान असारको अन्तिममा धान रोप्ने समयमा मात्र आउने र कोही साउनको पहिलो हप्तामा आउने गरेका छन् । वैशाखदेखि असार मसान्तसम्म जङ्गलमा घाँस काट्न प्रतिबन्ध गरिएकाले किसान पशुचौपाया लिएर पाटन जान बाध्य हुने गरेको स्थानीयवासीको भनाइ छ । तीन महीनासम्म बन्द गरेर हुर्किएको घाँसहरु साउन महीनामा मात्र प्रयोग गर्न पाइने स्थानीय सामुदायिक वन समूहको नियम रहेको छ ।

गाउँभरिका पशुचौपायहरु लिएर केही मानिस पाटन जाने गरेका छन् भने केहीले गाउँमा खेती किसानी मिलेर गरी आपसी सद्भाव र एकताको भावना समेट्ने गर्दछन् । बर्खायाममा घोरेटा बाटाहरु भत्किएर अवरुद्ध हुने भएकाले पाटनमा बसेर पशुपालन गर्नु सबैभन्दा राम्रो भएको नलगाड नगरपालिका–११ का प्रेम ध्यारले बताउनुभयो ।

पाटनमा अस्थायी मानव बस्ती निर्माण गरी पशुपालक किसान बस्ने गर्दछन् । हिउँको पानी पगालेर पशुचौपायालाई दिने र आफूहरु खाने गरेको ध्यारले बताउनुभयो । अहिले पाटनमा निगालोको टुसा, घुकेलालगायतका फलहरु खाना पाइने भएपछि निकै रमाइलो हुने गरेको अर्का स्थानीयवासी श्याम डिसीले बताउनुभयो । धान रोप्दा रोपानी रोप्ने र खेतमा गोरुद्वारा खेत हिलामे बनाउने व्यक्ति० हलारीलाई चाहिने घ्यू, तरकारीका रुपमा प्रयोग हुने निगालोको टुसा पाटनबाट किसानको घरमा पुग्ने गर्दछ ।

नयाँ फल खाएर नयाँ खेती गर्ने भन्दै किसान हौसिने गर्दछन् । पाटनमा यो समयमा विभिन्न खालका जडीबुटीसमेत सङ्कलन हुने गरेको छ । पाटनमा रहेका गहिरो भागहरुमा लगाएको आलुले वर्षभरि तरकारी खान र बिक्री गरेर आम्दानी हुने गरेको छ । पाटनमा वर्षौंअघि देखि निर्माण गरिएका ९जग्गा० खोरिएमा खेती गरी आलु उत्पादन हुँदै आएको हो ।

जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका स्थानीयवासी आ–आफ्ना लेकमा गएर पशुचौपायाहरु पाल्ने गर्दछन् । सबै परिवारका सदस्यहरु कर्कट सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन साउन १ गते जम्मा भएर रमाइलो गर्ने गर्दछन् । बर्षेनी यहाँका किसान कसले कहाँ गएर काम गर्दा सजिलो हुन्छ, त्यस्तो आधारमा काम रोजेर क्षमताअनुसारको जिम्मेवारी लिने गरेको बारेकोट गाउँपालिका–५ जनकबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu