काठमाडौं, १७ असार । सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ ।
संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले अवार्डबारे प्रश्न उठाएपछि मन्त्री बांस्कोटाले आईफा अवार्डका लागि बजेट दिने सरकारको कुनै योजना नरहेको बताउनुभएको हो । बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता भने व्यक्त गर्नुभयो । बास्कोटाले आईफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पार्नुभयो । उहांले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सरकारले अवार्ड आयोजना गर्न स्विकृति दिएको प्रष्ट पार्नुभयो ।
बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्व बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अरर्वाैको बजेट दिन लागेको भन्दै आपत्ति जनाउनु भयो ।
समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा संचालन गर्दै आएको आइफा अवार्डको आयोजनामा सरकारले नै लगानी गर्न किन गर्न पर्यो भन्ने प्रश्न पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्