ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ३ : ५८   बजे

 

काठमाडौं, १७ असार । एक सातापछि सोमबारदेखि फोहर सङ्कलन शुरु गरिए पनि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दीर्घकालीन विकल्प देखिएको छैन ।

ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समयसमयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्कातिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ‘ल्याण्डफिल साइट’ निर्माण सम्पन्न हुन तीन वर्ष लाग्ने भनिएको छ । अहिले उपत्यकाका सबै स्थानबाट कुहिने र नकुहिने फोहर एकै ठाउँमा राखेर सङ्कलन भइरहेको छ । फोहरको वर्गीकरण हुन नसक्नु नै फोहर व्यवस्थापनको मुख्य समस्याका रुपमा देखिएको महानगर वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । अझै पनि यहाँको फोहर वर्गीकरण नगर्ने हो भने सिसडोल, बञ्चरेडाँडा वा अरू कुनै फोहर विसर्जनस्थल छोटो समयका लागि मात्रै हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले बञ्चरेडाँडामा फोहर केही वर्ष फाल्छौँ फेरि यही अवस्था आइहाल्छ ।”

वर्गीकरण गरेर नकुहिने र पुनः प्रयोग नहुने फोहर मात्रै ल्याण्डफिल साइटमा पठाउँदा मात्रै फोहर व्यवस्थापनको समस्या नहुने प्रमुख श्रेष्ठको भनाइ छ । महानगरवासीले कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै राख्नुपर्नेमा जोड दिँदै उहाँले थोरै भए पनि करेसाबारी भएकाले तरकारी र फलफूलका खेर गएका भागबाट आफूलाई चाहिने मल तयार गर्न सक्ने बताउनुभयो ।

उपत्यकामा उत्पादन हुने फोहरको आधा फोहर कुहिने फोहर भएको बताउँदै उहाँले तीबाहेक पनि कागज, प्लास्टिकलगायत फोहर घरघरमै लिन आउनेलाई पठाउने र त्यसबाहेकको फोहर मात्रै फोहर सङ्कलन गर्ने गाडीमा पठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा एकातिर फोहरको मात्रा ज्यादै कम हुन्छ भने अर्कातिर कम्पोष्ट मलको उत्पादन हुन्छ ।”

भविष्यमा महानगर आफैँले प्राङ्गारिक मल उत्पादनको योजना बनाएको प्रमुख श्रेष्ठले बताउनुभयो । सङ्कलित फोहर वर्गीकरण गरे कुहिनेबाट कम्पोष्ट मल बनाउने योजना बनाइएको छ । सडक छेउमा फोहर फाल्ने भाडा राखे पनि उपत्यकावासीको जथाभावी फोहर फाल्ने बानीमा सुधार नआएको उहाँले बताउनुभयो । प्रमुख श्रेष्ठले भन्नुभयो, “यहाँका कर्मचारीले बिहानभर सफा गरेको सडक दिउँसोसम्म कागज र प्लास्टिकले भरिसक्छ ।”

काठमाडौँ मात्रै नभएर उपत्यकाका अधिकांश पालिकाले सिसडोलमा नै फोहर विसर्जन गर्दै आएका छन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थानीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन् । फोहर सङ्कलन गर्ने निजी कम्पनी अहिलेसम्म दर्ता प्रक्रियामा नआएकाले तिनलाई प्रक्रियामा ल्याउन पहल भइरहेको पनि श्रेष्ठले जानकारी दिनुभयो । निजी कम्पनीले घरघरबाट र स्थानीय तहले सडकमा थुपारिएका तथा सार्वजनिकस्थल र केही पुराना बस्तीका फोहर सङ्कलन गर्ने गरेका छन् । स्थानीय तह र निजी कम्पनी दुवैले आ–आफ्नै टिप्परमार्फत नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन गर्दै आएका छन् ।

उपत्यकाका २१ पालिकामध्ये दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन् । त्यसमध्ये १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । उपत्यकामा फोहर सङ्कलन गर्ने ४६ निजी कम्पनी छन् । निजी कम्पनीमा सफाइ मजदूर, चालक र अन्य प्रशासनिक गरी दुई हजार ६०० कर्मचारी कार्यरत छन् ।

निजी कम्पनीले दैनिक ८० देखि १०० टिप्पर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिप्परको रु ३५० बुझाउने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

उपत्यकामा स्थानीय तहले आफैँ पनि फोहर सङ्कलन गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिप्पर छन् । ललितपुर महानगरपालिकाले दैनिक आठ टिप्परमार्फत आफैँ दैनिक ४० देखि ५० मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group