ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत सम्पत्ति करको सट्टा सम्पत्ति र भूमि कर लिइने


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ४ : ०३   बजे

 

काठमाडौं, १७ असार । धनगढी उपमहानगरपालिका कार्यालयले आर्थिक वर्ष २०६२÷०६३ देखि लगाउदै आएको एकीकृत सम्पत्ति करको सट्टा अब सम्पत्ति कर र भूमि कर ९मालपोत० लिने भएको छ । नगर सभामा पेश गरिएको ‘आर्थिक ऐन २०७६’ मा यो व्यवस्था गरिएको हो ।

आर्थिक ऐन २०७६ पारित भएपछि आगामी साउन महीनादेखि धनगढी उपमहानगर क्षेत्रमा सम्पत्ति कर र भूमि कर ९मालपोत० कार्यान्वयनमा आउने उपमहानगरपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले बताउनुभयो ।

हाल चलिरहेको नगर सभामा उक्त ऐन पारित हुने क्रममा छ । आर्थिक ऐन २०७६ मा घरबहाल, व्यवसाय, सवारीसाधन, विज्ञापन, मनोरञ्जनलगायत शीर्षकमा कर तथा शुल्क लगाउने व्यवस्था गरिएको छ ।

उपमहानगरपालिकालाई सम्पत्ति कर र भूमि करबापत आगामी आर्थिक वर्षमा रु चार करोड आम्दानी हुने अनुमान गरिएको छ । आव २०७६÷०७७ का लागि सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्याङ्कन गरी करको दरसमेत तोकिएकामा वडा नं २ र ४ को धनगढी ट्रफिक चोकदेखि कैलाली पुलसम्मको कालोपत्रे सडकसँग जोडिएको जग्गाको रु ७० लाख मूल्याङ्कन गरिएको छ ।

कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालय, पुलसम्मको कालोपत्रे सडकसँग जोडिएको जग्गाको रु ६५ लाख मूल्याङ्कन गरिएको छ ।

१९ वडा रहेको उपमहानगरपालिका क्षेत्रमा शहरी क्षेत्रका वडामा बाटोसँग नजोडिएका कित्ताको रु एक लाख ५० हजार र ग्रामीण क्षेत्रका वडामा बाटोसँग नजोडिएका कित्ताको रु ५० हजारदेखि एक लाखसम्म मूल्याङ्कन गरिएको छ ।

कालोपत्रे सडक, ग्राभेल सडक र कच्ची सडकसँग जोडिएका कित्ताको अलग अलग मूल्याङ्कन गरिएको छ । सम्पत्ति करको हकमा रु पाँच लाखसम्म मूल्याङ्कन गरिएको सम्पत्तिको कर रु ५० लिइने ऐनमा प्रस्ताव गरिएको छ ।

कायम भएको मूल्याङ्कनमा रु एक लाख मूल्य बराबरको न्यूनतम रु १५ देखि अधिकतम रु १३० सम्म सम्पत्ति कर लिइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group