ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस लिएको आरोपमा शिक्षाका सब–इञ्जिनीयर पक्राउ


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ६ : ५८   बजे

 

 

काठमाडौं, १७ असार । विद्यालयको भवन निर्माणका क्रममा घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकमा कार्यरत सब–इञ्जिनीयरसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी उपरीक्षकको नेतृत्वमा आएको टोलीले सब–इञ्जिनीयर धनवीर भगत र उनका सहयोगी शिक्षाकै पूर्वकर्मचारी सब–इञ्जिनीयर निरजकुमार चौधरीलाई कार्यालयबाटै दिउँसो पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले काभ्रेपलाञ्चोकको एक विद्यालयमर्मत सम्पन्न भएपछि कागजात मिलाउन विद्यालय व्यवस्थापन समितिबाट एक लाख ५० हजार घुस लिएको आरोपमा भगत र चौधरीलाई शिक्षा विकास तथा समन्वय एकाइ धुलिखेलबाट पक्राउ गरिएको बताउनुभयो ।

शिक्षा विभाग सानो ठिमीमा कार्यरत भगत केही महीनादेखि मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाको विद्यालय मर्मतको जिम्मेवारीमा काम गर्दै आएका थिए । भगतले घुस नलिई काम नगरेको भन्ने गुनासो आयोगमा आएपछि अनुसन्धान तथा पक्राउ गर्न प्रहरी उपरीक्षको नेतृत्वमा आयोग टोली धुलिखेल पठाइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

भगतले चौधरीमार्फत घुस रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोग टोलीका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार भगतले सोमबार काठमाडौँस्थित एक बैंकमा घुस वापतको रकम जम्मा गर्न लगाएका थिए । बैंकमा रकम जम्मा भएको भौचरसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group