ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलापोटका ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ७ : ०७   बजे

 

 

 

काठमाडौं, १७ असार । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका ज्येष्ठ नागरिकलाई मधुमेह, उच्च रक्तचाप र दमको औषधि निःशुल्क उपलब्ध गराइने भएको छ ।

नगरपालिकाको–२ र आलापोट स्वास्थ्य चौकीले आज संयुक्त रुपमा आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गका लागि निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

शिविरमा ७० वर्ष माथिका १७० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी एक महीनाका लागि निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहायक ९हेल्थ असिस्टेन्ट० जगत नेपालीले राससलाई जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्न वडा नं।–२ कार्यालय रु ८५ हजार उपलब्ध गराएको पनि उहाँले बताउनुभयो । शिविरमा नेपाल मेडिकल कलेज अत्तरखेलका अस्पताल उपनिर्देशक डा प्रकाशराज पौडेलको नेतृत्वमा पाँच जना चिकित्सकको समूह सक्रिय थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख कृष्णहरि थापाले ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाटै सबै सेवा उपलब्ध गराउन नगरपालिकाले आवश्यक साधन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । वडाध्यक्ष सुदर्शन धिमालले वडाभरका ज्येष्ठ नागरिकलाई वर्षभर मधुमेह, उच्च रक्तचाप र दमको औषधि निःशुल्क उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकलाई ल्याब र भिडियो एक्स–रे सेवासमेत निःशुल्क दिन बजेटको व्यवस्था गरिने घोषणा गर्नुभयो ।

रेबिज भ्याक्सिन खरीद गरेर भए पनि स्वास्थ्य चौकीबाट निःशुल्क सेवा दिने वडा कार्यालयले जनाएको छ । आलापोट स्वास्थ्य चौकीमा विसं २०७५ जेठ २४ गते ‘बर्थिङ सेन्टर’ उद्घाटन भएको थियो । गत वर्ष असार १७ गते नै पहिलो पटक ‘बर्थिङ’ गराएको वार्षिकोत्सवका अवसरमा आज कार्यक्रम गरिएको हो ।

हालसम्म स्वास्थ्य चौकीमा ५८ जना महिलाले प्रसूति सेवा लिएको प्रमुख नेपालीले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा राम्रो स्वास्थ्य सेवा पाइने भएपछि टाढा टाढाका बिरामी पनि आलापोटमा धाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu